गोरखाको दुई मतदान केन्द्रमा मतदान प्रकृया सकियो

मतपेटिकालाई सिल गरेर समागाउँ पठाइयो

गोरखा । चलिरहेको स्थानीय तहको निर्वाचन गोरखा जिल्लाको साम्दो मतदान केन्द्रमा मतदान प्रकृया सकिएको छ । उक्त मतदान केन्द्रमा जम्मा ७१ जना मतदाता थिए । ७० जनाले मतदान गरेका छन् भने एक जना मतदाताको भने मृत्यु भइसकेको छ ।

निर्वाचन अधिकृत हरिहर दाहालका अनुसार उक्त केन्द्रमा बिहान ९ बजे नै मतदान लगाएत गोरखाका दुई केन्द्रमा निर्वाचन सकिएको हो ।

मतदान सकिए लगत्तै साम्दोको मतपेटिकालाई सिल गरेर समागाउँ केन्द्रमा पठाएको जनएका छन । त्यहाँका वडाअध्यक्ष र सदस्य पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यसैगरी चुमनुब्री गाउँपालिका वडा ३ न्याकमा रहेको बुद्ध आधारभूत विद्यालयको मतदान केन्द्रमा समते मतदान सकिएको उनले बताएका छन ।

उक्त मतदान केन्द्रमा पनि जम्मा ७३ जना मतदाता रहेका थिए । उक्त मतदान केन्द्रमा कति मतपत्र खस्यो भन्ने स्पष्ट विवरण नआएको उनले बताए ।