काठमाडौँमा ४५ प्रतिशत मत खस्यो

मतदान प्रकृया जारी

काठमाडौं । आज बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तह पहिलो चरणको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।

जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । उनले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताए ।

उनका अनुसार मतदाताले बिहानदेखि मतदान गर्नका लागि उत्साहपूर्वक लाइनमा बसेर मत खसालिरहेका छन् । जिल्लामा कुल छ सय ८७ मतदान केन्द्र छन् ।

त्यहाँ कुल पाँच लाख ५९ हजार चार सय मतदाता छन् । आज हुने निर्वाचनले सात सय १२ जनप्रतिनिधि चयन गर्नेछ । रासस