दोलखामा गोली चल्यो एकको मृत्यु ,चार गम्भीर घाइते

घाइतेलाई काठमाडौं रिफर

दोलखा । मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखा जिल्लामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको भने चार जना गम्भीर घाइते भएका छन ।

दोलखा जिल्लाको मेलुङ गाउँपालिका अन्तर्गत मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

उक्त झडपका क्रममा सुरक्षाकर्मीले चलाउदा नेपाली कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जमनकारी दिएका छन ।

उक्त झडपमा परि चार जना गम्भीर घाइते भएका छन् उनीहरुको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टलेछ बताए ।

त्यसतै उक्त मतदान केन्द्रमा मतपेटिका समेत लुटीयो जानकारी गराएका छन । मतपेटिका कस्ले लुट्यो भन्नेबारे अझै खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टले घटनाको पुष्टि गरे । उनले भने–‘मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ त्यसतै मतपेटिका लुटिएको हामीलाई जमनकारी आएको छ ।’