काठमाडौं महानगरको मतगणना जारी

अन्य १० नगरपालिकाको पनि मतगणना हुदै

काठमाडौँ । हिजो भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको अहिले प्राय सबै ठाउँहरुमा मतगणना चलिरहेको छ ।

त्यसतै काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको आयोगले जानकारी दिएको हो ।

त्यसतै कीर्तिपुर, दक्षिणकाली, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ लगाएतका नगरपालिकाहरुमा पनि मतगणना भइरहेको जनाएको छ ।

आयोगका अनुसार पछिल्लो मत परिणाममा गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा एमालेका पुण्यप्रसाद चौलागाईं ४९, नेकपा माओवादी केन्द्रका टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गरेका छन् ।