सल्यानको वागचौर नगरपालिकामा माओवादी केन्द्रले पहिलो स्थान ओगट्यो

८३ वडामा माओवादी ६४ मा जित्न सफल

सल्यान। स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणामा एक नगरपालिका र ६ गाउँपालिकाको हो । यहाँ रहेका ८३ वडा मध्ये ६४ वडाको नतिजा सार्वजनिक भएकोमा माओवादी केन्द्र २५ एमाले २३ र काँग्रेसको १५ वडामा विजयी भएका छन् ।

प्राप्त परिणाममा वागचौर नगरपालिका नेकपा माओवादी केन्द्रका लोकमान वुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा विजय भएको छ । नेकपा माओवादीका लोकमान वुढाथोकीले ५ हजार १ हजार २१ प्राप्त गरी विजय हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लोकवहादुर डाँगीले ३ हजार ६सय ८० प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्षमा कल्पना पुन विजयी भएकी छन । उनले ५ हजार २सय १५ मत प्राप्त गरेकी छन । उनका निकटतम प्रतिद्धन्द्धी ओका देवी खत्रीले ३ हजार ५ सय ९० मत प्राप्त गरिन । यसै गरी वडा नम्वर १ मा नेपाली काँग्रेसका नेत्रप्रकाशभण्डारी, २ मा नेकपा एमालेका घनश्याम शर्मा, नेकपा माओवादी केन्द्रका तर्फवाट ३ मा टिकाराम खत्री, ५ प्रेम पुन, ६ भुपेन्द्र वली,७ मा नेपाली काँग्रसका शेरवहादुर घर्ति, नेकपा माओवादी केन्द्रका ८ मा रोमु शाही, ९ मा नेकपा एमालेका मोहन चन्द, नेकपा माओवादी केन्द्रका ११मा मोहन खड्का र १२ मा नेकपा माओवादी केन्द्रका दिपक वली अध्यक्षमा विजयी भएका छन ।

यस्तै कपुरकोट गाउंपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । एमालेबाट भिम बहादुर सेनल निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले अन्तरले विजयी भए । एमालेका सेनले ३ हजार १ सय ५२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका भण्डारि २ हजार १ सय ३५ मत प्राप्त गरेका छन । उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत र प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मत प्राप्त गरेकी छन।

६ नम्बर वडामा पनि नेकपा एमालेका हेरम बहादुर बुढाथोकी ६१८ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । यस गापाको १ र २ नम्बर वडा माओवादी केन्द्रले, ३ नम्बर वडा काग्रेसले र ४, ५, ६ नम्बर वडामा एमालेले जीत हात पारेको छ।
कालीमाटीमा नेकपा एमालेका दानवहादुर खत्री २ हजार ९ सय ४२ , र उपाध्यक्षमा सहनशिलता ओली डाँगी २ हजार ९ सय ४४ मत प्राप्त गरी विजयी हुनु भएको छ । केसीका प्रतीद्धन्द्धी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराई २ हजार ३ सय ९३, र ओलीका प्रतीद्धन्द्धी प्रिति डिसीले २ हजार ३ सय ८७ मत प्राप्त गरे ।

यसै गरी छत्रेश्वरी गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेस विजयी भएको छ । नेपाली काग्रेसका सन्तोष केसीले २ हजार ९ सय २२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका ओज वहादुर वुढाथोकीले २ हजार ६ सय १२ मत प्राप्त गरेका थिए।

यस्तै उपाध्यक्षमा सिता केसी विजयी भएकी छन । उनले २ हजार ८ सय १४ मत प्राप्त गरेकी छन । उनका निकटतम प्रतिद्धन्द्धी वुद्धा केसीले २ हजार ७ सय २ मत प्राप्त गरे ।

छत्रेश्वरी गाउपालिकामा वडा नं. १ मा नेपाली काग्रेसका नेव वहादुर शाह, वडा नं. २ माओवादी केन्द्रका प्रेम वहादुर खड्का विजयी भएका छन । यस्तै वडा नं. ३ मा नेकपा एमालका राज वहादुर वुढाथोकी विजयी भए । वडा नं. ४ मा नेकपा एमालेका नेव वहादुर खड्का र वडा नं. ५ मा एमालेकै लिलाधर घर्ति विजयी भएका छन । यसैगरी वडा नं. ६ मा नेपाली काग्रेसका चुडामणी दशौदी र वडा नं. ७ मा नेपाली काग्रेसका राम वहादुर खड्का विजयी भए ।

यसअघि नै दार्मागाउँपालिकामा नेकपा माओवादी केन्द्रका निमराज केसी अध्यक्ष, टिका शर्मा वली उपाध्यक्ष, ढोरचौरमा नेकपा एमालेका चित्रवहादुर चलाऊने, पुस्पा वोहरा, त्रिवेणीमा नेपाली काँग्रेसका मानवहादुर डाँगी र करुणा खड्का क्रमश अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन ।