भरतपुर अपडेटः रेणु दहाल ५२ मतले अगाडि, मत गणना जारी

अहिले वडा नम्बर १० को गणना हुँदै

चितवन । यतिबेला निर्वाचन आयोग मत गणनाको काममा बेस्त भएको छ, कहाँ कस्को जित हुदैँछ भन्ने विषयमा उम्मेदवार र राजनीतिक दलहरु मात्र होइन, स्थानीय तहको निर्वाचनका मतदाताहरुले समेत उत्सुकतापूर्वक चासो र चिन्ता लिएको देखिन्छ ।

चुनावी परिणामको आँकलनकारे यतिबेला अधिकाशंका फेसबुक, ट्वीटर र अन्य सामाजिक सञ्जालहरु रंगीएका छन । तर पहिलो चरणमा सम्पन्न निर्वाचन भएका अन्य स्थानहरुको तुलनामा चितवनको भरतपुर महानगरपालिकाको निर्वाचन र मत परिणामको नतिजा तर्फ सबैको ध्यान बढि केन्दीत भएको छ ।

सञ्चार माध्यमहरुले पनि यो भरतपुरको मत परिणामलाई विशेष महत्वकासाथ प्रकाशन,प्रसारण गर्ने गरेको देखिएको छ । मत गणनामा देखिएका समस्याहरु साम्यपार्दै त्यहाँ स्थगित भएको मत गणनाको कार्य अहिले जारी रहेको निर्वाचन आयोगले हामीलाई बताएको छ ।

भरतपुरमा अहिले वडा नम्बर १० को मतपेटीका खोलिएको छ । उक्त वडाका करिब ६०० वटा मतपत्रहरुको गणना भै सकेका छन । अहिले उक्त वडाको मत गणना अनुसार माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन ।

पछिल्लो जानकारी अनुसार वडा नम्बर १० को मत गणना अनुसार माओवादी केन्द्रकी उम्म्ेदवार दाहाल एमालेका निकटतम प्रतिद्धन्द्धी देबी ज्ञवालीलाई ५२ मतले पछि पार्दै अगाडि बढेकी छन । वडा नम्बर १० को मत गणना अनुसार दहालले २४४ मत प्राप्त गरेकी छन भने ज्ञवालीले १९२ मत प्राप्त गरेका छन ।

कडा प्रतिस्पर्धाको अवस्था त्यहाँ देखिएको बताउर्दै दाहालले हरपल नेपालसँगको कुराकानीमा आफुले जित्ने विश्वास ब्यक्त गरेकी छन । दाहालले भनिन–‘हामी जित्ने कुरामा विवस्त छौ । अहिलेसम्म मत गणना भएका स्थानहरुमा बाडिएको मत थियो, अब वडा नम्बर १० बाट हामी अगाडि बढेका छौ । मत गणना गर्न बाँकी रहेका स्थानमा हाम्रो अवस्था राम्रो हुने मूल्याङ्कन गरेका छौ ।’

कहिले ज्ञवालीको अग्रता त कहिले दाहालको, भरतपुर महानगरपालिकाको निर्वाचनमा कस्ले जित्ला ? सबैको ध्यान त्यतातिर केन्द्री त भएको छ । अहिलेसम्मको मत गणना अनुसार माओवादीकी दाहालले १५०५३ मत प्राीत गरेकी छन भने एमालेका ज्ञवालीले १५३४७ मत ल्याएका छन ।