दलहरुबीच विवाद चुलियोः पोखरा महानगरपालिकाको मत गणना स्थगित

फर्जि मतपत्र भेटिएको काँग्रेस र माओवादीको आरोप

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १७ मा फर्जी मतमत्र भेटिए पछि सम्पूर्ण मतगणना कार्य रोकिएको छ ।

महानगरको मत गणना गर्दा फर्जी मतपत्र देखिएको र स्वस्तिक छाप चाक्लो र रंग समेत फरक परेको भन्दै कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले विवाद गरेपछि मतगणना कार्य स्थगित भएको हो ।

त्यस मतपत्रमा निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर भएको कांग्रेस र माओवादी प्रतिनीधिले आरोप लगाएका छन । उक्त मतपत्रमा नेकपा एमालेको प्यानलमा मतदान गरिएको छ ।