माओवादी नेताहरुलाई खुलापत्र–‘टुटफुट र विभाजन होइन, एकता र क्रान्तिको बाटो रोजौं’

भन्छन–‘कि त खुला मञ्चबाट जनतालाई धोका दिएको भन, कि क्रान्तिका लागि जुट’

                                                                                                                          मितिः २०७४/०२/०७

प्रिय अनि आदरणीय सबै जनयुद्धका कमाण्डर, नेता कमरेडहरु,
मनभरी समाज रुपान्तरणको कसम खाएको क्रान्तिकारी योद्धाहरुको तर्फबाट न्यानो अभिवादन ।

कमरेडहरु, हिजो तपाईहरुको प्रशिक्षणमा बस्दा पाएको शिक्षाले अहिलेसम्म असर पारेको छ । समाजमा मौलाएको ब्यातिथि, अत्याचार, सामाजिक भेदभाव र हुने खाने वर्गहरुको थिचोमिचोको अझै अन्त्य भएको पनि छैन । तपाईहरु राजधानीमा मस्त निदाएको बेला यो देशको कुना कन्दराका आमा,बाबा र चेलीहरु दिनहुँ सामन्तीहरुको निसानामा अन्याय सहन बाध्य छन, यस्ता समाचारहरु तपाईहरुले पनि सुनिराख्नु भएकै होला । किन तपाईहरुमा यस्तो अहमता देख्दैछौ हामी, किन बाटो देखाएर हामीलाई बिचैमा छाड्नु भयो ? के यही हो जनवादी समाज ब्यवस्था ? हिजो १० बर्षसम्म सँगै रहेर, एउटै योजनानामा, एउटै उद्देश्यमा जनयुद्ध लड्ने सिपाही र त्यहि जनयुद्धको योजना बनाउने तिमी नेताहरूले अब पनि बिगतको गल्तीलाई आत्मसात गरेर पुनः एउटै बाटोमा हिड्ने वाचा गरेनौ भने, हेर्दै जाउ, तिमीहरु कसैको पनि यहाँ अस्तित्व रहदैन, यो निश्चित हो । जनताहरुले तिमीहरुलाई धिक्कार्ने छन । तिमीहरु प्रतिको माया र विश्वास तोड्ने छन, कमरेडहरु यो विषयलाई गम्भिरतापूर्वक सोचौं ।

आदरणीय कमरेडहरु, माओवादी आन्दोलनको माग पनि एकता र संघर्ष नै हो, हिजोका महान सहिदहरु जस्ले हाँसि हाँसि यो ब्यवस्थाका विरुद्ध मृत्यु स्विकार गरेँ, आज तिनले देखाएको बाटोमा हिड्न किन खुट्टा कमाउँदै छन, हाम्रा नेतागणहरु ? के हिजोका अधुँरा सपनाहरु अब खरानी नै हुनेहुन त ? किन झट्टो आशामा बाँच्न सिकायौ तिमीहरुले शोसित, पीडित जनतालाई ? किन क्रान्तिको भाषा बोल्न सिकाऔँ, आवाज विहीनहरुलाई ? हो तिमीहरुले अब आ आफ्नो बाटो मोडेर क्रान्तिकारी जनताको साथ छोडरयौ भने, क्रमश एक्लीदै जाने निश्चित छ । त्यसैले जुटौं पुर्न एकताको पक्षमाः मिलौ अनि गरौँं अधुरा बाँचाहरु पुरा गर्ने बाटोको त्यो महान यात्रा ।

प्रिय कमरेडहरु, विशेष गरी पूर्व जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रिय प्रचण्ड, दार्सनीक गुरु किरण, युवा अनि जुझारु नेता विप्लव अनि हिजोको क्रान्तिमा लामो समय संघर्ष गरेका डा. बावुराम भट्टराई लगाएत सबै सबै शिर्ष नेतृत्वहरुसँग आवाज विहीन जनताका, भोका नाङ्गा जनताहरुको एउटै चाहना छ, के तिमीहरु मिलेर क्रान्तिको बाटोमा अझै स्पात भएर हिड्न सक्छौ ? हो अहिलेको स्थानीय निर्वाचनमा हामी कोही बहिष्कारमा देखियौ, संसदीय ब्यवस्थमा हिडेर परिवर्तन खोज्नेहरु कोही त्यहीबाट संघर्षको तयारीमा जुटे । तर न त ससदीय बाटोमा हिड्नेहरुलाई जनताले विश्वास गरे, न त बहिष्कारलाई नै समर्थन गरे, वास्तवमा जनताले माओवादी एकताको आह्वान गरें यो मत निर्वाचनको अवस्थालाई हेर्दा, अनि किन र के को लागि क्रान्तिमा होमिन सकेका छैनौ तिमीहरु ? के भन तिम्रा बाधाँ र समस्याहरु ? यो आम,गरीब, शोषित,पीडित, घाईते, अपाङ्ग, वेपत्ता अनि सिउँदो पुछिएका आम सहिद परिवारको माग हो, यसलाई सबैले आ–आफ्नो स्थानबाट महसूस गरेर एकताको बाटो रोजौं ।

कमरेडहरु,  यो कुरा निश्चित हो, चाहे अहिले तिमीहरू जुनसुकै बाटो अंगालेर हिँड, यदि तिमीहरूले बेलैमा बुद्धि पुर्याउन सकेनौ भने तिमीहरू सबैको बाँकी राजनीतिक भबिसष्य देखिदैन । चाहे तिमी नयाँ जनवादी क्रान्तिको बाटो हिड या एकीकृत जनक्रन्तीको बाटो हिड या संसदीय व्यवस्थामा लिप्त भएर बस, केही तिम्रो पेशेवर कार्यकर्ताहरुले केही दिन सयोग र समर्थन गर्दैमा हिजो तिमीहरुले देखाएको समानताको समाज अनि साम्यवादी ब्यवस्था र ति सपनाहरू पूरा हुनेवाला छैनन । आखिर कति दिन तिमीहरु अर्काको इसारामा चल्छौ ? के पुरानो व्यवस्थाको अन्त्य गर्नको लागि एक्लाएक्लै हिडेर सम्भव छ ? किन जुट्ने र क्रान्तिको बाटोमा मलजल गर्ने तिमीमा सोच आउदैँन, कहिलेकाही त दिक्क लाग्छ, हिजोका तिम्रा भाषण र प्रशिक्षणहरु सम्झिदा पनि ।

प्रिय कमरेडहरु, अब के गछौं ? के केही जिल्लामा मात्रै तिम्रो पकड हुँदैमा पुरै देश तिम्रो पक्षमा भएको ठानेका छौ तिमीहरुले ? यदि त्यस्तो सोचेका छौ भने तिम्रा सपनाहरू धेरै दिन टिक्न सक्दैन, जनताको सामु, एकपटक पुरै नेपाल र नेपाली जनताको भावनालाई राम्रोसँग बुझेर हेर, आखिर के चाहन्छ जनताहरु ? जनताको तिमीहरु प्रतिको अपेक्षा अनुरुप अबको जनवादी क्रान्तिको बाटोमा हिड्नुको विकल्प मैले देखेको छैन, कृपया तपाईहरु एक पटक हिजोको माओवादी, आँधीबेहरीसँग जुझ्ने क्रान्तिकारी शक्तिको निमार्णमा लागिदेउ । देशले यही भन्छ, जनताले यही अपेक्षा गरेका छन, तिमीहरु एकताको बाटोमा हिडेको देख्ने चाहना छ यो देशका आम शोषित पीडित जनताहरुको । के तिमीहरुलाई जनताको भावनासँग कुनै मतलब छैन ?

प्रिय कमरेडहरु, तिमीहरु क्रान्तिकारी जनताबीच फुटेको हेर्न चाहान्छौ या जुटेको हेर्न चाहान्छ ? आम नेपाली जनताको अन्तिम अपिल यहि छ तिमीहरुसँग कि एकपटक जुटेर हिड, देश र जनताले जित्नेछ । सहिदको सपनाहरू पूरा हुनेछ । नत्र तिमीहरू केहि समयमै जनताको नजर बाट समाप्त हुनेछौं । जनताले आफ्नो नेतृत्वबाट गम्भिर धोका भएको निष्कर्ष निकाल्ने छन र स्वविककले निर्णण गर्नेछन । थाहा छैन त्यतिबेला जनताले कस्ला प्रमुख दुस्मन र कस्लालाई सहायक बनाउछन अनि कस्को ढाँडमा टेकेर कस्को टाउँकोमा कसरी बजार्छन ? अन्तिम सत्य यही हो आदरणीय कमरेडहरु । अब कि एकताको पक्षमा जुटौ–क्रान्तिको बाटोलाई पच्छ्यादैँ । कि धोका दियौ जनतालाई भन्दीनुस् खुला मञ्चबाट जनतालाई, भ्रममा नराखि दिनुस । जनताहरु परिवर्तनको पक्षमा छन, एकताको आह्वान गर्दै छन, यो बुझिदिनुस । यति भन्दै म यो पत्रबाट बिदा चाहन्छु, बिदेसि जीवन, के गर्नु काम नगरे हुदैन, हस्त अहिलेलाई बिदा । लाल सलाम

(सिटौला पूर्व जनमुक्ति सेना हुन । हाल वैदेसिक रोजगारका लागि मलेसियामा कार्यरत रहेका छन ।)