माओवादी केन्द्र कडा प्रतिस्पर्धाबाट ललितपुरमा विजयी

महानगरको विकासमा जोड

ललितपुर। पहिलो चरणको स्थानीय चुनावमा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको वडा नम्बर २१ र २२ मा विजेता हासिल गरेको छ । महानगरको विकास गर्न माओवादी केन्द्र अग्रपङिक्तमा रहने जोड दिएका छन ।

माओवादी केन्द्रका रबिन्द्र महर्जनले २१ नं. वडामा १२ सय ३५ मत प्राप्त गरेर विजयी भएका हुन् । महर्जनका प्रतिद्धन्द्धी नेकपा एमालेका मदन कृष्ण डंगोलले ९ सय ७५ मत प्राप्त गरी पछि परेका हुन ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ९ मतले अग्रता लगेर वडा नं.२२ मा नेकपा एमालेका उम्मेदवारलाई पछि पारी विजय प्राप्त गरेको छ ।

माओवादीका उम्मेरवार अमिरमान शाक्यले १२ सय ७९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमभक्त महर्जनले १२ सय ७० मत प्राप्त गरेका छन ।