अपडेटः तीन महानगरपालिकाको पछिल्लो मत परिणाम यस्तो छ (हेर्नुहोस् सूचिसहित)

काठमाडौ र ललितपुरमा एमाले र कांग्रेको अग्रताः भरतपुरमा तिब्र प्रतिस्पर्धा

काठमाडौं । पोखरा महानगरपालिकाको मत गणना कार्य अझै सुचारु हुन सकेको छैन । तीन वटा महानगरपालिका मध्य ललितपुरको मेयर र उपमेयर पदमा कांग्रेसको अग्रता कायमै रहेको छ । उपमेयरमा कांग्रेसका उम्मेदवारहरु तीन वटै महानगरपालिकामा अगाडि देखिएका छन ।

त्यसैगरी काठमाडौंमा भने एमालेको अग्रता कायमै रहेको छ । काठमाडौंको उपमेयरमा पनि कांग्रेसको अग्रता छ । भने चितवनको भरतपुरको मत गणनामा कहिले माओवादी त कहिले एमालेको अग्रता हुने क्रम चलिरहेको त्यहाँबाट स्थानीय पत्रकारहरुले हामीलाई बताएका छन ।

भरतपुरमा माओवादी केन्द्रकी दाहाल र एमालेका देबीबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिले तीन वटै महानगरपालिकाको मत गणना कार्य जारी रहेको छ । भने पोखराको मत गणना गर्नका लागि सहमतिको प्रयासउ गरिएको छ ।

हेर्नुहोस पछिल्लो अपडेट अनुसार तीन महानगरपालिकामा कस्ले मति मत प्राीत गरेका छन । तल विवरणमा प्रस्तुत गरिएको छ–

काठमाडौं महानगरपालिका मेयर उम्मेदवार
नेकपा एमाले -२८४२१                    –नेपाली कांग्रेस -२०१११         –विवेकशील नेपाली -१११४६

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस -२४२२७                                                               –राप्रपा -१४४२७

ललितपुर महानगरपालिका मेयर उम्मेदवार
नेकपा एमाले -१७६४८                                                                 –नेपाली कांग्रेस -१९५८३

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस -१४८७६                                                               –शोभा शाक्य -१२७२६

भरतपुर महानगरपालिका मेयर उम्मेदवार
नेकपा एमाले -२०९८४                                                                 –माओवादी केन्द्र -१८९८७

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस -२०६१७                                                                –नेकपा एमाले -१६९९०