विप्लवका नेता कार्वाहीमाः अब साधारण सदस्य समेत नरहने

सांस्कृतिक विचलन आएको मोर्चाको आरोप

मलेसिया । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई सांस्कृतिक विचलनको कारण देखाउदै साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरिएको छ ।

नेकपाको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा, मलेसियामा लामो समयदेखि कृयासिल तत्कालिन उपाध्यक्ष आत्मा राईलाई मोर्चाले कार्वाही गरेको हो ।

जनप्रगतिशील मोर्चाका मलेसिया अध्यक्ष सुमन श्रेष्ठ र महासचिव अर्जुन सुवेदीले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका तत्कालिन उपाध्यक्ष समेत रहेका राईमा सांस्कृतिक विचलन देखिएको आरोप लगाउदै कार्वाही गरिएको जनाएका छन ।

उक्त विज्ञप्तिमा राईले पार्टी र संगठनको निति विपरित, अनुशासनहीन ढंगका काममा लागेको र त्यसले सिंगो पार्टीलाई नै बद्नाम गराउने भएकाले कार्वाही गरिएको जनाइएको छ ।

उनलाई सुध्रिने मौका पटक पटक दिएको भएपनि राईले आफुमा सुधार नल्याएपछि कार्वाही गर्नु परेको विज्ञप्तिमा जनाइएको छ ।