भरतपुरमा रेणुको अग्रताः एमालेका देवी दोब्बर मतले पछाडी

वडा नं. १३ देखि २६ को मत गणनामा एमाले पछि पर्ने सङकेत

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  आज महानगरको वडा नं. १३ अन्तर्गत करिब १२०० सय मत पत्रको गणना गर्दासम्म नेकपा माओवादीकी उम्मेदवार रेणु दाहाले अग्रता कायम गरेकी छन ।

आज वडा नं १३ को मत गणना भइरहेको छ । अहिलेसम्मको मत गणना अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली भन्दा माओवादीकी रेणु दोब्बर मतले अगाडी रहेकी छन । अहिलेसम्मको मत गणना अनुसार वडा न १३ मा रेणुले ६७६ मत प्राप्त गरेकी छन, भने ज्ञवालीले ३५८ मत मात्र प्राप्त गरेका छन ।

भरतपुर महानगरपालिका अन्तर्गतका विभिन्न वडाहरु मध्य अहिलेसम्म एमालेको प्रभाव रहेका स्थानको मत गणना भएको छ । यद्यपी काँग्रेस र माओवादीको प्रभाव क्षेत्रका मत पेटीका भने गणनाका लागि खोल्न बाँकी नै छन ।