पत्याउनु हुन्छ ? दुबईमा प्रहरीको ड्युटी रोबोटले गर्छ

अपराधका सूचनाहरु पनि टिपोट गर्न सक्ने

दुबई । विश्वमै पहिलो पटक रोबोटले दुबईमा प्रहरीको रुपमा ड्युटी गरिरहेको छ । दुबई प्रशासनले प्रहरीको रुपमा ड्युटीमा सन् २०३० सम्ममा २५ प्रतिशत भागमा रोबोटलाई प्रयोग गर्ने योजना बनाएको छ ।

मानिसलाई नै प्रहरी सेवाबाट विस्थापन गर्ने उद्देश्य नभएको अधिकारीले बताएका छन । हाल शपिङ मल र पर्यटन स्थलको सुरक्षामा प्रहरीको ड्युटीमा रोबोटलाई खटाइएको छ । रोबोटले अपराधका सूचनाहरु पनि टिपोट गर्न सक्ने जनाइएको छ ।

अधिकारीहरुका अनुसार रोबोटले जरिवाना असुल्ने र यसको छातीमा राखिएको टच स्क्रिनका सहायताले सूचना प्राप्त गर्न सक्दछ । (एजेन्सी)