कार्यपालिकामा उम्मेदवारी दर्ता निर्विरोध निर्वाचित

भक्तपुर । स्थानीय तहअन्तर्गत भक्तपुर नगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

उम्मेदवारी दर्ता गर्नेहरुमा सुनिता प्रजापति– वडा नं ३, कृष्णलक्ष्मी दुवाल– वडा नं ४, सरिना द्योला– वडा नं ५, रोशनमैया सुवाल– वडा नं ६ र छोरीमैया सुजखू प्रजापति– वडा नं ९ रहेका छन् ।

स्थानीय तहसम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा ३ बमोजिम नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँचजना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।

सो व्यवस्था बमोजिम भक्तपुर नगर कार्यपालिका सदस्यका लागि पाँचजनाको मात्र उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित भएका हुन् ।

ऐनको दफा ६ को उपदफा ४ अनुसार तीनजना दलित तथा अल्पसङ्ख्यक समुदायबाट कार्यपालिका सदस्य निर्वाचन गर्ने प्रावधानअनुसार भक्तपुर नगरपालिकाको हकमा कसैको पनि उम्मेदवारी परेन । रासस