यस्तो आयो यस पटकको बजेट: हेर्नुहोस  दश मुख्य कार्यक्रम र विनियोजित रकम

राष्ट्रिय गौरबका आयोजनामा विशेष जोड

काठमाडौं । कामचलाउ सरकारका अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक बर्षको भाषण गरिरहेका छन । उनले बजेट भाषणमा विभिन्न आयोजना, परियोजना र महत्वपूर्ण विकास निर्माणका कार्यक्रमहरुको लागि आकर्षक बजेटको विनियोजन गरेका छन ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महराले सबै नागरिकको हक तथा अधिकार सुनिश्चित हुने बताएका छन । उनले मुलुकलाई आर्थिक, सामाजिक विकास गर्ने नितिसहित बजेट ल्याइएको जनाउदै संसदमा प्रस्तुत गरेका छन ।

निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रम राख्न नपाइएको बताउदै नयाँ बजेटले चौधौं योजनाले परिलक्षित गरेका कार्यधक्रम, संविधान कार्यान्वय तथा भूकम्प पुनर्निर्माणका लागि महत्वपूर्ण कार्यक्रमहरु समेटरदै बजेट विनियोजन गरेको उनले बताएका छन ।

हेर्नुहोस्, अर्थमन्त्री महराले प्रस्तुत गरेका दश मुख्य कार्यक्रम र विनियोजित रकमको अवस्था :–

१) फास्ट ट्रयाक निर्माण– काठमाडौं–तरार्इ फास्ट ट्रयाक निर्माणका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ।
२) माथिल्लो तामाकोशी –यसका लागि ५६ करोड बिनियोजन गरिएको छ ।
३) सबै नेपालीबीच वित्तीय पहुँच पु¥याउने कार्यक्रम– हाल नेपालीको वित्तीय पहुँच करिब ४० प्रतिशतमात्र रहेको छ । संघीयताको कार्यान्वयसँगै सरकारले सबै नेपालीको बैंक खाता हुने निति ल्याएको छ ।
४) राष्ट्रिय गौरबका चार सिंचाई आयोजना– रानी जमरा कुलरिया सिंचाई आयोजना, भेरी ववई डायभर्सन, सिक्टा सिंचाई आयोजना र ववई सिंचाई आयोजनाका लागि सरकारले आगामी आर्थिक बर्षमा ५ अर्ब १६ करोड बजेट बिनियोजन गरेको छ ।
५) बुढीगण्डकी जलविद्युत आयोजना– १२ सय मेगावट क्षमताको जलाशय युक्त राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनका लागि सरकारले १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
६) गाउँपालिकामा १० करोड रुपैयाँ– सरकारले स्थानीय निकायलाई बलियो बनाउँदै देशलाई विकासको बाटो तर्फ लैजान भन्दै प्रत्येक गाउँपालिका लागि न्युनतम १० करोड र बढी मा ३९ करोड रुपैयाँसम्म विनियोज गरेको छ ।
७) नगरपालिकामा १५ देखि ४३ करोड
८) उपमहानगरपालिको लागि ४० देखि ६३ करोड
९) महानगरपालिको लागि ५७ करोडदेखि एक अर्ब २३ करोडसम्म बजेट विनियोजन
१०) सिमरा, भैरहवा र पोखरा विमानस्थल– तीन विमानस्थलका लागि १३ अर्ब ७३ करोड विनियोजन