बजेटले राष्ट्रिय गौरबका कार्यक्रमलाई पूर्णतया निरन्तरता दिन सकेनः पूर्व अर्थमन्त्री पौडेल

इतिहासमा हाँस्यास्पद अवस्था सिर्जना भएको टिप्पणी

काठमाडौं । नेकपा एमालेका उप महासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले वर्तमान काम चलाउ सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले आज प्रस्तुत गरेको बजेटमा पुरानो सरकारले ल्याएको राष्ट्रिय गौरबका आयोजनाहरुलाई पूर्ण रुपमा निरन्तरता दिन नसकेको टिप्पणी गरेका छन ।

पूर्वअर्थमन्त्री पौडेलले हरपल नेपाल डटकमसँग कुराकानी गर्दै सरकारको निति तथा कार्यक्रम पुरानोको निरन्तरता भनिएको भएपनि त्यसो हुन नसकेको प्रतिकृण दिएका हुन ।

पौडेलले भने–‘पुरानो बजेट र निति कार्यक्रमलाई समेटीएको छैन । राष्ट्रिय गौरबका आयोजनाहरुलाई नछुटाउनु पर्ने थियो तर त्यसलाई छुटेकाएको देखिएको छ । काम चलाउ सरकारले ल्याएको बजेट हास्याँपद ढंगले आयो ।’

उनले इतिहासमा यस्तो अभ्यास कहिले नभएको भन्दै उनले निर्वाचनको मिति घोषण गरेर प्रधानमन्त्रीले राजिनामा दिनु, घोषित निर्वाचनको कार्यक्रममा परिवर्तन गरिनु र काम चलाउ सरकारले बजेट ल्याउनु सबै अनौठो भएको बताए ।