असार १५ पर्वमा सम्मान तथा दहि चिउरा कार्यक्रम सम्पन्न

काठमाडौं । आज असार १५ गते लाई रोपाई महोत्सव र दही चिउरा खाने दिनका रुपमा लिने गरिन्छ । नेपाली किसानले असार १५ लार्ई मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरेका छन् । नेपालमा २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । यसै दिवसको शुभ अवसर पारेर आज मैतिदेबी क्षेत्र बिकास समाज ,इको कनेक्सन बचत तथा ऋण सहकारी ,जनतामार्ग किसान गल्ली उपभोक्ता समिति र खोमादेबी डेरीको संयुक्त आयोजनामा पबित्र अनि धार्मिक महत्त्व बोकेको मैतिदेबी मन्दिर प्राङ्गणमा नवनिर्वाचित काठमाण्डौं ३० नम्बर वडाका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तथा सामुहिक दहि चिउरा खुवाउने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

काठमान्डौ ३० नम्बर वडाका नवनिर्वाचित वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा कार्यक्रमको अध्यक्षता मैतिदेबी क्षेत्र बिकास समाजका डि‍बि गुरुङले ग्रेका थिए। नव(निर्वाचित ३० नम्बर वडाका जनप्रतिनिधिहरुलाई कार्यक्रमका सभापति लगायत कृष्ण प्रसाद भण्डारी,बिश्वराज रेग्मी,नरेन्द्र कुमार के।सि। र सुचित्रा श्रेष्ठले क्रमशः खादा र टीका लगाएर सम्मान प्रकट गरेका थिए ।

समारोहमा सुचिता श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि दल बहादुर कार्की लगायत नरेन्द्र केसिले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए।

कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएकोमा हामीसंग खुसी ब्यक्त गर्दै कार्यक्रमका संयोजक रहेका कृष्ण प्रसाद भण्डारीले आउने दिनहरूमा अझ यस्ता थुप्रै कार्यक्रमहरु क्रमशः गर्दै लैजाने हौसला प्राप्त भएको बताए । कार्यक्रमको संचालन मैतिदेबी क्षेत्र बिकास समाजका कोषाध्यक्ष्य उमेस मुनिकारले गरेका थिए।