उपप्रधानमन्त्री र अस्ट्रेलियन राजदूत को भेटवार्ताः अस्ट्रेलियाली लगानी आउने विश्वास

आगामी दिनहरुमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरेका छन् । उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याएको सहयोगको सराहना पनि

गरे ।

राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । रासस