बर्दियामा प्रमुख तीन दल माओवादी केन्द्र, एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा

माओवादीको चार वटा स्थानीय तहमा अग्रता

बर्दिया । बर्दियाका ८ वटै स्थानीय तहमा मतगणना भइरहेको छ ।पछिल्लो मत परिणाम अनुसार बर्दिया जिल्लामा ४ स्थानमा माओवादी केन्द्र, ३ स्थानमा नेकपा एमाले र १ स्थानमा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ ।

त्यसैगरी मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ ।

नेकपा एमालेले गुलरीया, बासँगढी नगरपालिका र बढैया गाउँपालिकामा अग्रता लिएको छ भने राजापुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बार बर्दिया नगरपालिकाको वडा नं १ र ११ मा, मधुवन नगरपालिकाको वडा नं १ मा,वाँसगढी नगरपालिकाको वडा नं १ मा र ठाकुरवावा नगरपालिकाको वडा नं १ मा वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

त्यसैगरी गेरुवा गाँउपालिका वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।