गायिका ममताको ‘ममता–२’ सार्वजनिकः ‘फूलै राखी हातमा’ गीतको म्युजिक भिडियो चर्चामा (भिडियोसहित)

कलाकारदेखि पत्रकारलाई सम्मान

काठमाडौं । करिब दुई दर्जन गीत गाइसकेकी लोकप्रिय गायिका तथा मोडेल ममता राईको दाश्रो गीती एल्बम ममता–२, आज एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक भएको छ । ममता २ मा ६ वटा गीतहरु समावेस गरिएका छन, त्यसमध्ये फूलै राखी हातमा बिन्ती बिसाउकी बोलको गीतको म्युजिक भिडियो समेत बनेको उनले बताएकी छन ।

वरिष्ट संगीत गायिका मिरा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा लोक गायक तथा प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली, कलाकार सान्ताराम राई लगाएतको उपस्थिती रहेको थियो ।

उक्त एल्बममा रहेको शिरैमा फुल मेरो बोलको गीतलाई शब्द रचना र संगित शिव संगम राईले गरेका छन । एरेन्ज गोपाल रसाईलीले गरेका छन भने उक्त एल्बममा समावेश गरिएको दोस्रो गीतमा भुषाल राईको शब्द रचना तथा शिव संगम राईको संगीत रहेको छ भने सुन्दर लामाले एरेन्ज गरेका छन ।

त्यस्तै फुलै राखी हातैमा विन्ती विसाउकी बोलको गीतलाई पनि शिव संगम राईले नै संगीत गरेका छन, गीतको म्युजिक भिडियो समेत बनेको छ । उकत म्युजिक भिडियो अत्यन्त राम्रो बनेको ममताले हरपल नेपालसँग बताएकी छन । ममताले म्युजिक भिडियो नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय हुने विशवास ब्यक्त गरिन ।

त्यस्तै लाहाङ्ग सुब्बाको एरेन्ज रहेको गीतमा राजेश पाइल राईले ममता राईलाई स्वरमा साथ दिएका छन । एल्बममा रहेको अर्को गीत लेकमै फुल्ने तोरीबारी , बेसी गैह्री खेत बोल रहेको गीतमा ईन्द्र जिजीविषाको शब्द रचनालाई खगेन्द्र याक्सोे संगीत गरेका छन भने चन्दु गोरखालीले एरेन्ज गरेका छन ।

यस्तै एल्बममा रहेको पाँचौ गीत हाकु पटासीमा हाँसुकीबोलको गीतलाई ध्रुव सत्यले शब्द रचना गरेका हुन । बीबी अनुरागीले संगीत गरेका हुन । एल्बममा रहेको अन्तिम अर्थात छैटौ गीत तिमी मेरो हर विहानी हौ बोलको गीतलाई रुद्र कुमार राईले लेखेका हुन भने उत्तम जंग लिम्बुले संगीत गरेका छन ।

फुलै राखी हातैमा बिन्ती बिसाउकी गीतको म्युजिक भिडियोमा रुकमान लिम्बु र निशा लिम्बुले अभिनय गरेका छन । संचारकर्मी तथा निर्देशक एमपी सुब्बाको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई नविन गुरुङले छायांकन गरेका छन । उक्त गीतको म्युजिक भिडियो युट्युबमा ममता राई र नेपाली संगीत घर सर्च गरेर हेर्न सकिने छ ।

ममता राई गायिका मात्रै हैनन, उनि मोडेल पनि हुन् । मेरो जीवनको ज्योति बोलको गीतमा अभिनय गरेर ममताले मोडेलको रुपमा डेब्यु गरेकी हुन । यसको अलावा अन्य केहि गीतहरुमा पनि अभिनय गरिसकेकी छिन् ममताले । यस्तै शिरै फुल मेरो ममता राईको गीतमा मोडेल पार्वती राई र बीचना राइले अभिनय गरेका छन ।

कलाकारदेखि पत्रकारलाई सम्मान

उक्त कार्यक्रमा नेपाली गीत, संगीत क्षेत्रको विकासमा कृयाशिल कलाकारहरुलाई मायाको चिनो र दोसल्लाद्धारा सम्मान गरिएको छ । कार्यक्रमा सुचना खबर डटकमका सम्पादक तथा कलाकार इन्द्र राईलाई समेत सम्मान गरिएको छ ।

त्यसैगरी संगितकार उत्तम लिम्बु, गीतकार रुद्र कुमार राई, धुब्रसत्य परियार, खगेन्द्र याग्सो, एरेन्जर लाहान सुब्बा, सन्जीव सुब्बा, सुन्दर लामा, चन्द्र गोर्खाली र मोडेल निसा लिम्बु, बिर्सना राई लगाएतका कलाकारहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न लोकप्रिय कलाकारहरुको समेत उपीिथती रहेको थियो ।

LOADING...