“स्थानीय निकायको निर्वाचनले दिएको सन्देश र थुपारेका चुनौतीहरु”

‘राष्ट्रियताको विकासका लागि एकता मुख्य सन्देश’

सुनिता वराल

स्थानीय निकायको पहिलो चरणमा हामीले तीन वटा प्रदेशमा निर्वाचन सम्पन्न गरिसकेका छौँ । यि प्रदेशमा नेकपा एमाले पहिलो स्थानमा आएको छ, निर्वाचनले राजनीतिक, आर्थिक, सामाजिक हिसाबले अनी युवा, नागरिक र राजनीतिक दलका नेता, कार्यकर्ताहरुको तहसम्म केही महत्वपूर्ण सन्देश दिएको जुन कुराको विषयमा यहा चर्चा गर्न खोजिएको छ । चुनाबअघि मत परिणामको विषयमा गरिने गरिएका अनुमान र मत गणनाको यथार्थले राजनीतिक शिर्ष नेतृत्वको तहसम्म नयाँ खालको म्यासेज दिएको छ । निर्वाचनको म्यासेजका हिसाबले देशकै ठूला मह दुई महानगरपालिकाहरु काठमाण्डौं र पोखरामा एमालेले विजय हासिल गरिसकेको छ र चितवनमा पनि विजयको नजिकै रहेको भन्ने अहिलेको परिणामले देखाएको छ । त्यहाँ केही समस्याहरु देखिरहेका छन, जुन हामी सबैलाई थाहा छ । चितवनको निर्वाचनमा देखिएको समस्याले पनि फरक खालको म्यासेज प्रवाह गरेको छ ।

‘विद्यार्थी सेक्टरमा काम गरेका धेरै साथीहरुको निर्वाचनमा प्रतिनिधीत्व भएको छ ।  यो धेरै राम्रो सुरुवात हो भन्ने मेरो बुझाई हो । साथिहरु आफ्नै पार्टीका संगठित सदस्यहरुसँग मात्रै, आफ्नै पार्टीका शुभचिन्तकहरुसँग मात्रै पुगिरहेको अवस्थामा अब चाहि जनप्रतिनिधी भएर सबैको साँझा समाजको प्रतिनिधीत्व भएर, अघि बढ्नु भएको छ, यो आफैमा एकदमै सकारात्मक सन्देश हो ।’

अहिले नेकपा एमालेले धेरै ठाउँमा चुनाव जितेको देखिएको छ, यसको अर्थ जनस्तरमा एमालेको बलियो आधार र राम्रो जनसंगठन छ भन्ने पनि हो । अथवा एमालेको सांगठनीक विस्तार राम्रो गतिमा छ भन्ने पनि हो । अहिले साझा आखाँबाट हेर्दाखेरीको दृश्य र बाहिरबाट देख्दाखेरीको परिणामको मुल्याङ्कन गर्ने कुरा चाहि के हो भने, कम्तिमा नेकपा एमालेले देखाएको सपना, गर्न खाजेका पहलकदमीहरु साँच्चीकै नेपाली जनताले मन पराएको देखियो, उक्त कुरालाई सार्थकता बनाउने र नेपाललाई सम्बृद्ध बनाउने कुरामा नेकपा एमालेको नेतृत्व चाहिन्छ भन्ने कुराको म्यासेज पनि त्यो ढंगबाट आएको छ । अर्को कुरा बीस बर्षपछिको स्थानीय तहको निर्वाचनमा हामी छौँ र अहिलेको युवा विद्यार्थीहरुको जेनेरेशन पनि निर्वाचनमा धेरै स्थानबाट उम्मेदवार हुनुभएको देखिएको छ, जुन धेरै राम्रो कुरा पनि हो । उनीहरुका लागि अब स्थानीय तहमा जनताका माझमा जाने कुराको परिस्थितिदेखि लिएर जनताको प्रतिनिधि भएर काम गर्ने वातावरण बनिराखेको छ । एकदमै धेरै उत्साहकासाथ युवा पिढी यो चुनावमा लागेको पनि पाईयो । विद्यार्थी सेक्टरमा काम गरेका धेरै साथीहरुको निर्वाचनमा प्रतिनिधीत्व भएको छ । जो विभिन्न ठाउँमा विभिन्न पार्टीमा पनि देखिएको छ, यो धेरै राम्रो सुरुवात हो भन्ने मेरो बुझाई हो । काम गर्ने साथिहरु आफ्नै पार्टीका संगठित सदस्यहरुसँग मात्रै, आफ्नै पार्टीका शुभचिन्तकहरुसँग मात्रै पुगिरहेको अवस्थामा अब चाहि जनप्रतिनिधी भएर सबैको साँझा समाजको प्रतिनिधीत्व भएर, अघि बढ्नु भएको छ, यो आफैमा एकदमै सकारात्मक सन्देश हो ।

राजकनीतिक संक्रमणकालीन अवस्थाबाट हामी लामो समयसम्म गुज्रियौ, अब स्थानीय तहको नेतृत्व युवा पुस्ताले गर्ने परिस्थिती आएको हुनाले स्थानीय तहमा परिवर्तनको ठूलो आशा गर्न सकिन्छ । अबकोे चुनावले हाम्रो नेपाली समाजका मूल्य, मान्यता र सोचहरुमा समेत सकारात्मक परिवर्तन ल्याउने देखिएको छ । अहिले हेर्दाखेरी राजनीतिक चेतनाको अभावबाट धेरै पछाडि पर्नुपर्ने स्थिति छैन । धेरै हदसम्म राजनीतिक चेतनाहरु बिकट गाउँ गाउँसम्म अनि जुनसुकै वर्ग, तह र सम्प्रदायसँग पुगेको देखिनछ । यसलाई अझै सम्बृद्ध बनाउनको लागि सोचमा रुपान्तरण गरेर, आफ्नो आवश्यकताको लागि जीवन सम्बृद्धि र मनोबैज्ञानिक पक्षको सम्बृद्धि बनाउनमा हामीहरु जुट्नु पर्दछ । अहिले यसका केही समस्याहरु देखिरहेका छन,यद्यपी त्यस कुरालाई पनि यो चुनावले सम्बोधन गर्छ भन्ने लाग्छ । त्यो कुन अर्थमा भने यो निर्वाचनमा महिलाको उल्लेख्य सहभागिता भएको छ, सीमान्तकृत वर्गको उल्लेख्य सहभागिता भएको छ र एउटा वडामा प्रमुखलाई छोडेर हेर्ने हो भने, दुई जना महिलाहरु अनिबार्य रुपमा समाबेश गरिएको छ । त्यसभित्र पसेर हेर्दाखेरी पनि एक जना दलित महिलाको पनि त्यहाँ सहभागिता गराईएको छ । यो चाहि उहाँहरुको लागि, समग्र समाजको बिकसको लागि एउटा चुनौतीको कुरा पनि हो, तर त्यो अहिले सहभागिताका लागि यति ठूलो अवसर संबिधानमै ब्यवस्था गरिएको छ । यो चाहि हाम्रो समाजको मनोबिज्ञानलाई हेर्दा, सामाजीक परिबेश परिस्थीतिलाई हेर्दा, महिलाहरुलाई अधिकार दिनका लागि संबिधानमै लेख्न पर्ने कुरा एउटा अझ पनि महिलाका लागि चुनौतीको विषय हो । तथापि यो फेरी अवसरको रुपमा रुपान्तरण गरेर सामाजीक सम्बृद्धिकसाथै राजनीतिक कुराको पनि नेतृत्व गर्नसक्ने अवसरका रुपमा अगाडि बढाउनुपर्छ । अहिले जो जो नेतृत्वमा आउनु भएको छ, जुनसुकै वर्ग, क्षेत्र, समुदायलाई समेटेर स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधीहरुको परिकल्पना गरिएको छ, यसले चाहि हामीलाई, हाम्रो समाजको विकाशको लागि अब सम्बृद्ध नेपाल र सुखी नेपाल बनाउनको लागि एउटा सकारात्मक म्यासेज प्रवाह भएको छ भन्ने मलाई लाग्छ ।

“यो संबिधानमा लेखिएको विषयको संस्थागत गर्ने कुरामा विभिन्न आशंकाहरु भएका थिए । अहिले संबिधान कार्यन्वयन गर्ने पक्षका दलहरु मिल्नुको विकल्प छैन, यो सन्देश पनि निर्वाचनले दिएको छ ।”

एमालेको नेतृत्वले पहिलेदेखि नै जनताको समर्थन आफ्नो पक्षमा रहेको बताउदा केही दलहरुले त्यसलाई पत्याएका थिएनन, जुन कुरा अहिले प्रष्ट भएको छ । निर्वाचनमा केही कमि कम्जोरीहरु भए होलान, जुन अपेक्षितरुपमा मत परिणाम अझैपनि आएको छैन भन्ने निष्कर्ष नेकपा एमालेले निकालेको छ । पहिले पहिलेका मुल्याङ्नहरु मान्छेले देखेको भरमा गर्ने गर्दथ्य । त्यस्तै हाम्रो लामो समयको संस्कार सत्ता र राज्यलाई दुरुपयोग गरेर आफ्नो पार्टीको स्वार्थ पुरा गर्नेखालको प्रयासमा बदलियो, यो वास्तविक यथार्थ भएर हाम्रो अगाडि आयो । त्यो अभ्यासकै आधारमा धेरै खालका अनुमानहरु पनि निर्वाचन अगाडि गरिए। अहिले सत्तामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भएको कारणले पनि र संबिधान सभाको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएको कारणले पनि मान्छेहरुका अनुमान र हाम्रा प्रक्षेपणहरु नेपाली कांग्रेस पहिलो हुन्छ कि अथवा यो संबिधानमा लेखिएको विषयको संस्थागत गर्ने कुरामा विभिन्न आशंकाहरु भएका थिए । अहिले संबिधान कार्यन्वयन गर्ने पक्षका दलहरु मिल्नुको विकल्प छैन, यो सन्देश पनि निर्वाचनले दिएको छ । नेकपा माओवादीले ईनिसियसन लियो, त्यसकारणले माओवादीले जनताले एप्रिसियट गर्छन भन्नेखालको जुन बुझाई राखेको थियो त्यो साँच्चै आफैमा गलत रहेछ भन्ने पनि देखाएको छ । आज नेतृत्वमा को छ, को छैन भन्ने भन्दापनि साँच्चै देशको आवश्यक्ता के हो र यो ठाउँसम्म पुर्याउने कस्को ईनिसियसन थियो भने कुरा राम्ररी हामीले बुझ्नु पर्दछ । जनताले नेकपा एमालेलाई देशकै पहिलो पार्टी बनाए अब बाँकि रहेका अरु निर्वाचन तीन, चारवटा प्रदेशका निर्वाचनमा यो भन्दापनि राम्रो परिणामका साथ नेकपा एमाले विजय हुन्छ, यो पनि अहिलेसम्मको निर्वाचनले देखाइरहेको छ ।

निर्वाचित हुने पार्टीका अगाडि कस्ता चुनौतीहरु छन त ?

वास्तवमा एमालेका अध्यक्ष केपी ओलीले ईन्धनको विषयमा बोलेका कुराहरुलाई त्यतिबेला हाँसोमा उडाउने काम हुन्छ, तरपनि यी कुरालाई हाँसोमा टुक्काहरु हाँस्न र हँसाउनका लागि मात्र होइन, त्यसलाई कार्यन्वयनमा लिनको लागि जनताहरुले जुन अपेक्षा गरेका छन त्यसमा अब निर्वाचित पार्टीका अगाडि प्रमुख चुनौती रहेको देखिन्छ । एमालेको पार्टी नेतृत्वले सरकारमा हुँदा वा सरकार बाहिर हुँदाखेरी पनि विकाशको कुरालाई एकदमै प्राथमिकतामा पारिरहेको मैले पाँएकी छु । त्यो चाहि एकदमै कलपना भन्दामाथि उठेर यथार्थमा गर्नुपर्ने काम हो भन्ने लाग्दछ । तर यो बिचमा चुनौतीहरु प्रशस्तै छन । किन भने आज देशको सिंगो बिकाश गर्ने कुरा र निर्माण गर्ने कुरामा अब हामीले नै निर्माण गन तर्र्फ जोडिन आवश्यक छ । एउटा पार्टीले, एउटा संस्थाले, एउटा ब्यक्तिले गरेर मात्र पूर्ण हुदैन भन्ने मेरो बुझाई हो । यसकारण चुनौतीहरु धेरै छन तथापी सो काम पुरा गर्नका लागि जुन जनमत नेकपा एमालेको पक्षमा आईरहेको छ, त्यसले जनमतको बलको आधारमा काम गर्न सकिन्छ भन्नेमा दलहरु अघि बढ्नु पर्दछ ।

“अब जनतालाई आँखामा छारो हालेर होईन, साना–साना कुरामा भ्रामक समाचार सम्प्रेषण गरेर जनमत लिन सक्छु भन्ने समय गुज्रीसकेको छ भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ ।”

काठमाण्डौंमा लोडसेडिङ अन्त्य भएको कुरा जसरी बाहीर आइरहेको छ, त्यसले अहिलेसम्म राजधानीवासिले राहत पाएको महसूस गरेका छन, यो कुरा सत्य हो कि यस्ता विषयहरुको बारेमा एप्रिसियट गर्नुपर्छ । यसको क्रेडिट लिने कुरामा आज भन्दा १० बर्ष, १५ बर्ष अगाडि नेतृत्व गरेका नेपाली कांग्रेसका नेताहरुको पनि भनाइ स्पष्ट ढंगले आइरहेको पाईयो । नेकपा एमालेले त्यो कुरालाई कसरी लिन्छ भन्ने कुरा आम जनताले बुझेका रहेछन, भन्नेकुरा अहिले महानगरको परिणामले पनि देखाउछ । त्यसकारणले अब जनतालाई आँखामा छारो हालेर होईन, साना–साना कुरामा भ्रामक समाचार सम्प्रेषण गरेर जनमत लिन सक्छु भन्ने समय गुज्रीसकेको छ भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ । त्यसैगरी निर्वाचनले मिलेर मात्र देश बचाउन र बनाउन सकिन्छ, तसर्थ राष्ट्रियताको विकास गर्नका लागि एकताको सन्देश गर्नुपर्छ भन्ने भावना सबैमा विकास गरेको छ । वास्तवमा निर्वाचनले यस्ता सुन्दा सामान्य लाग्ने तर कार्यान्वयनमा निकै महत्वपूर्ण सावित हुने कुराहरुको विषयमा सबै राजनीतिक दलका शिर्ष नेतृत्वहरुलाई घचघच्याइरहेको छ । यसले सबै मिलेर मुलुक बनाउने अभियानमा जुट्नु पर्छ भन्ने खालको सकारात्मक संन्देश प्रवाह गरेको छ ।

(लेखक, वराल नेकपा एमाले निकटको विद्यार्थी संगठन, अखिलको उपाध्यक्ष हुन ।)