दोश्रो चरणको चुनावको सशक्त रुपमा खारेजी अभियान चलाउने नेकपाको उद्घोष

गिरफ्तार नेता, कार्यकर्ताहरुलाई सम्मान

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोश्रो चरणको स्थानीय निकायको निर्वाचनमा पहिलो चरणको भन्दा सशक्त रुपमा खारेजी अभियान चलाउने जनाएको छ ।

पहिलो चरणको निर्वाचनको क्रममा विभिन्न स्थानबाट गिरफ्तार भएका आफ्ना नेता,क कार्यकर्ताहरुको सम्मानमा आयोजित एक कार्यक्रमा बोल्दै नेकपाका नेताहरुले त्यस्तो उदरघोष गरेका हुन ।

नेकपाको स्थायी समिति सदस्य समेत रहेका नेता सन्तोष बुढाले पहिलो चरणको निर्वाचनको खारेजी अभियान आफ्नो पार्टीले सफल पारेको भन्दै अब दोश्रो चरणको चुनावको खारेजी अभियानको कार्यक्रम बनाएर जुट्न आफ्ना नेता,कार्यकर्ताहरुलाई आग्रह गरें ।

नेता बुढा पहिलो चरणको निर्वाचनमा कालिकोटमा जनताको साथबाट खारेजी अभियानलाई पार्टीले पूर्णरुपमा सफलता प्राप्त गरेको भन्दै दोश्रो चरणको अभियानका क्रममा समेत कालिकोटको मोडेल अपनाउनु पर्नेमा जोड दिए ।

उनले जनताको साथ बिनासंसदीय व्यवस्थाको अन्त्य गर्न असम्भव रहेको भन्दै खारेजी अभियानको लागि पहिले जनतालाई उनीहरुका घर घरमा गएर सहयोग माग्नु पर्ने बताए । उनले दोश्रो चरणको निर्वाचनको लागि तयार रहन सबै नेता, कार्यकर्ताहरुलाई अपिल समेत गरे ।

कार्यक्रममा नेकपाका पोलिट व्युरो सदस्य, केन्द्रीय सदस्यहरु, विभिन्न मोर्चा र संगठनका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

नेकपाका नेताहरु सुरेस लामा, नारायण श्रेष्ठ, नविन बिष्ट, रसुवाली कवि, हिरा शाही, इश्वर बुढा, टेक बहादुर प्रधान, ज्ञानेन्द्र बुढा, टिका बहादुर चौधरी, चरित्र मगर लगाएतलाई राजधानीबाट प्रहरीले गिरफ्तार गरेको भन्दै उनले अझै पनि धेरै नेता,कार्यकर्ताहरुलाई जेलमै राखेको प्रति आक्रोस व्यक्त गरे ।

उक्त कार्यक्रमा नेकपाले जेलबाट रिहा भएका दुई दर्जन बढी नेताहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।

LOADING...