प्रधानमन्त्रीले किन बोलाए राजपालाई सिंहदरबार ?

राजपाद्धारा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई वार्ताका लागि सिंहदरबार बोलाएका छन् ।

राजपाका शिर्ष नेताले संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देउवाले वार्तामा बोलाएका हुन ।

देउवाले राजपा नेताहरुलाई चुनावमा जाने वातावरण बनाउने आश्वासन दिइसकेका छन । राजपाले भन्दै आएको मुद्दा फिर्ता, शहीद घोषणालगायतका काम सरकारले गरिरहेको र बाँकी काम पनि चुनावअघि नै गर्ने देउवाले बताएका छन् ।