प्युठानबाट विप्लव, वैद्य समूहका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

पार्टी प्रवेशको कार्य जारी

प्युठान । आज प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका तीन दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विप्लव समूहका युवा नेता विश्वबन्धु थापा र वैद्य समूहका रामचन्द्र भट्टराईको नेतृत्वमा युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने युवाहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्ने विप्लव समूहका युवाहरुमा अक्षय भण्डारी, प्रदीप एनीहरुलाई माओवादी केन्द्रका नेता मणि थापाको पहलमा माओवादी केन्द्रमा प्रवेश गराइएको हो ।