आज एएफसी एसियन कप छनोट खेलमा आज नेपाल र यमनबीच कडा प्रतिस्पर्धा हुने

नेपाली टोलीको जित्ने लक्ष्यः पुराना दुई खेलाडिहरु आज नखेल्ने

काठमाडौं । आज हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा एएफसी एसियन कप छनोट अन्तर्गतको फुटबल खेलमा नेपाल र यमनबीच प्रतिस्पर्धा हुदैछ । अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्नेछ । हिजो पिलिपिन्ससँगको पहिलो खेलमा ४–१ ले पराजित भएपनि आज यमनसँगको दोश्रो खेलमा भने सफलता दिलाउने धेरैले अपेक्षा गरेका छन ।

अखिल नेपाल फुटबल संघ एन्फाले आजको दोश्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा अपरान्ह ३ बजे सुरुहुने बताएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यमनसँगको खेलका लागि आफ्नो २३ सदस्यीय टोली सोमबार नै सार्वजनिक गरिसकेको छ । आजको खेलमा नेपाली टोलीले जित हात पार्ने रणनितिका साथ मैदानमा प्रवेश गर्ने छन ।

सोमबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाली खेल टोलीका कप्तान विराट महर्जनले आजको खेलमा यमनलाई पछिपादै जित्नका लागि खेल्ने र प्रशिक्षकको योजनालाई ध्यान दिने बताए । उनले भनेका छन–‘हामीले घरेलु मैदानमै अंक जोड्न सकेनौ भने अगाडिका खेलहरुमा गाह्रो हुन्छ, त्यसैले आजको खेल हामी जित्ने लक्ष्यका साथ खेल्दैछौ ।’

नेपाली टोलीको तयारी र अवस्था यस्तो छः–

नेपाली टोलीका केही महत्वपूर्ण खेलाडी आज हुने खेलमा समेत सहभागि नहुदा त्यसको असर खेल मैदानमा प्रष्ट देखिने धेरैको आंकलन रहेको छ । आजको खेलमा कुशल मिडफिल्डर बिक्रम लामा, डिफे्रन्डर रोबिन श्रेष्ठ लगाएतका खेलाडिहरु सहभागि नहुने भएका छन । बिक्रम फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएको कारणले खेल्न नपाउने भएका हुन भने रोबिनको खुट्टाको शल्यक्रिया भएकले खेल्न नसक्ने अवस्थामा रहेका छन । उनीहरुको ठाउँमा नयाँ खेलाडि राखिएको भएपनि त्यसले खेलमा तालमेल मिलाउन समस्या आउने खेलाडिहरु बताउँछन । तरपनि प्रशिक्षकको राम्रो प्लान र खेलाडिहरुको उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोली त्यति कमजोर भने देखिदैन । उनले आजको खेल जित्ने विश्वास गरेको छ ।

नेपाल र यमनको खेल इतिहास यस्तो छः–

नेपालले यमनसँगको फुटबल खेलमा सफलता प्राप्त गरेको छैन, तथापि यसपटकको प्रतिस्पर्धामा भने तयारीक साथ मैदानमा जादैछ । नेपाल र यमनबीच सन २०१४मा दुबईमा भएको खेलमा पनि पराजित भएको थियो । तर फिफा वरियता क्रममा पनि नेपाल यमनभन्दा ४५ औ स्थान पछाडि रहेको देखिन्छ ।

यसपछि होम एण्ड अवेका आधारमा सन् २०१८ मा यमनको खेल मैदानमा नेपाल र यमन पुन प्रतिस्पर्धामा आउने छन । उक्त खेल २७ मार्चमा सुरुहुने बताइएको छ । त्यस्तै नेपाली टोलीले आगामी ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग घरेलु मैदानमै आफ्नो तेस्रो खेलमा खेल्ने छ । यो खेलमा प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउन पाउने छ ।