कुलमान घिसिङसँगको संवाद–‘सरकार परिवर्तनले उज्याँलो नेपालको अभियानलाई कुनै असर गदैँन’ (भिडियोसहित)

‘जलश्रोतलाई विद्युत उत्पादनमा उपयोग गर्नसके आत्मनिर्भरतामा पुग्छौ’

(भारतीय विद्युत आयातले पनि नेपाली आधाँ आकास अँधेरोमै बितिरहेको अवस्थामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वले भने उज्याँलो नेपालको अभियाननै शुरु गरिदियो । यसअघि कुरा र भाषणमा सिमित देखिने नेताहरुको कार्यशैलीलाई चिर्दै उर्जा मन्त्री शर्माको योजनाले साँच्चिकै काठमाडौं महानगरलाई लोडसेडिङ मुक्त महानगरको रुपमा घोषणा नै गरिदियो । नेपालको पानी जनताको लगानीको मुख्य नारा सहित उज्याँलो नेपाल बनाउने अभियानलाई हजारौ युवा, विद्यार्थी र सचेत नागरिकले पनि समर्थन गरे । मन्त्री शर्माको उक्त योजनाको कार्यान्वयन तहबाट सघाउँने मुख्य पात्र हुन, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । निर्देशक घिसिङले उज्याँलो नेपालको अभियान शुरु मात्र गरेको भन्दै गर्दा पुरानो सरकार बिदाई भएको छ, उनलाई राजनीतिक नेतृत्वकर्ताको रुपमा सघाँउने मन्त्री शर्मा, उर्जाबाट गृहको जिम्मेवारीमा सरुवा भएका छन । यतिबेला नयाँ सरकारको नयाँ आउने उर्जा मन्त्रीको साथ सहयोग कस्तो रहला विद्युत प्राधिकरणलाई ? उज्याँलो नेपालको अभियान ओझेलमा पर्छ कि, धेरैको मनमा यो प्रश्नले बेला बेलामा झस्काएको होला । हरपल नेपाल डटकमले कार्यकारी निर्देशक घिसिङसँग सरकार परिवर्तनले उनले शुरुगरेको अभियानमा कस्तो प्रभाव पर्ला भन्ने विषयमा सुक्ष्म रुपले संवाद गरेका छौ । प्रस्तुत छ, उहाँसँगको कुराकानी…….)

१) तपाई प्रचण्ड नेतृत्वको सरकारको पालमा विद्युत प्राधिकरणमा चमत्कारीक काम गरेर निकै चर्चामा रहनु भयो, त्यसको आन्तरिक विषय के थिए ? छोटकरीमा भन्दिनुस न ?

-आफ्नो चर्चाको विषयमा म आफैले कसरी भनौ ? त्यो विषय त जनताले बुझ्ने कुरा हो । तपाईहरु जस्तै मिडियाले बुझ्ने कुरा हो । अनि मैले चर्चामा आउनु पर्छ भनेर कहिल्यै ठानिन । वास्तवमा म त्यति धेरै चर्चामा आउँने मान्छे पनि होइन । म त आफ्नो काम गर्ने मान्छे हो । मैले आफ्नो कामलाई इमान्दारीताका साथ गर्ने गरेको छु, त्यति हो ।

२) बिद्युत प्राधिकरणले यसअघि धेरै निर्देशकहरु परिवर्तन गरिसक्दा पनि हुन नसकेको काम, लोडसेडिङ मुक्त काठमाडौं जुन तपाईको कार्यकालमा भएको छ, रातारात त्यो परिवर्तन त्यो कसरी सम्भव भयो ? योजना कसरी बन्यो ?

-योजना भन्ने कुरा के हो भने, जुन किसिमको उर्जा संकटको अवस्था रहेको थियो, हामीले त्यसको संकटकालीन व्यवस्थापन मात्रै गरेक हौँ । त्यो व्यवस्थापन गर्ने काम हाम्रो योजनाबद्ध उज्यालो नेपालको अभियान नै थियो । अब हाम्रो प्रधानमन्त्री प्रचण्डदेखि लिएर उर्जा मन्त्री जनार्दन शर्माको जुन एउटा लिडरसिप थियो, त्यसमा पनि एउटा राम्रो सहकार्यको वातावरण बनेको थियो, जस्ले हामीलाई त्यो सफलता दिन निकै सघाँयो । योजना कार्यान्वयनमा फस्ट कुरा चाहि लिडरसिप नै हो, लिडरसिपले काम गर्दा धेरै फरक पार्छ । कुनै पनि प्लान ईम्पिलिमेन्ट गर्नलाई लिडरसिपले धेरै फरक पार्दछ । योजना तयार गर्नेदेखि त्यसको कार्यान्वयन पक्षमा कसरी जाने भन्ने कुरामा चाहि हाम्रो एउटा योजनागत रुपमै आयो र त्यसलाई हामीले यो बिद्युत प्राधिकरणको ‘वर्कटिम’ हामीले एउटा सामुहिक रुपमै त्यसलाई कार्यान्वयनमा एक किसिमले सफल भएका छौँ ।

३) पहिलेको सरकार अहिले परिवर्तन भएको छ, तपाई जसरी उर्जा मन्त्री शर्माको सहयोग विगतमा पाउनु भयो र विद्युत प्राधिकरणमा काम गरेर चर्चामा आउनु भयो, अब त्यस्तो वातावरण हुदैन कि भन्नेमा कत्तिको चिन्तामा हुनुहुन्छ ? नयाँ मन्त्रीज्यू नियुक्त भएपछि कस्तो अपेक्षा गर्नुहुन्छ ?

हैन एउटा कुनै पनि काम टिमवर्कमा जाने हो । टिम भनेको एउटा सरकारदेखि लिएर तल्लो हाम्रो ग्राहकसम्मकै भन्नुस, अब हाम्रो सबै कर्मचारीहरु छन, एउटा टिमवर्कबाट काम भएको छ । अब वास्तवमा सरकार चेन्ज हुँदाखेरी केहि नयाँ मन्त्री आउने कुरा स्वभाविक हुन्छ, नयाँ मन्त्रीज्यू आउँदा खेरी उहाँको सोच नयाँ हुन्छ, यसले पुरानो योजना अनुसारको काम गराइमा केहि फरक त आउँछ नै । लिडरसिपले योजनामा केही फरक पार्छ तर सबै सरकार र मन्त्रीज्यूहरु (जो आउनुहोला) सबैले चाहि राम्रै, गतिशिल काम गरौँ भन्ने नै चाहना राख्नुहुन्छ भन्ने मलाई लाग्छ । त्यो भएको हुनाले मेरो विचारमा अरु मन्त्रीहरुले पनि त्यहि किसिमको काम अगाडि बढाउने हिसाबले नै आउनु हुन्छ होला त्यसमा म विश्वास पनि गर्छु । मैले गर्ने काम भनेको निरन्तर, जुन हिसाबले हामीले काम गरिरहेका छौँ, त्यसलाई अगाडि बढाउने नै हो । अझै पनि राम्रा, राम्रा उर्जा क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने बाँकी छ । अहिले हामीले सुरुवात मात्रै गरेका छौँ, धेरै कामहरु अगाडि बढिसकेको अवस्था छ । टाइम पनि ८,९ महिनाको टाइम भनेको धेरै टाइम होईन । अब धेरै काम गर्न बाँकी छ, त्यो विषयहरुमा नयाँ आउँने मन्त्रीज्युबाट सहयोग हुने नै अपेक्षा गरेका छौँ ।

४) तपाईले यो बीचमा विद्युत चुहावट नियन्त्रणमा पनि आफ्नो ध्यान केन्द्रीत गर्नुभयो, वास्तवमा लोडसेडिङको मुख्य कारण के रहेछ ?

-विद्युत प्राधिकरणमा समस्या धेरै ठाउँमा छन । यो मैले धेरै पटक भनेको छु । मुख्य समस्या केहि इथिकल कुराहरु थिए र म्यानेजमेन्टकै समस्या मुख्य रुपमा देखिएको थियो । अब लिडरसिप र म्यानेजमेन्टको समस्या केही हदसम्म मत्थर भएको छ । त्यसमा हामी सबैले एकदमै वयल स्टाविलिस गर्यौँ, एकदमै वयल म्यानेज गर्यौ, भनेका छैनौँ अझै धेरै कुरा बाँकी छ, हामीले सर्भिस डेलिभेरी गर्न अझै पनि सकेका छैनौँ, धेरै कुराहरु गर्न अझै पनि बाँकी छ । तर हामीले क्राइसिसको बेला संकटकालीन व्यवस्थापन चाहि राम्रो ढंगले अहिलेको अवस्थामा गर्नसकेका छौँ । त्यो भएको हुनाले समस्या भनेको म्यानेजमेन्टकै हो र म्यानेजमेन्टका साथै ईन्टेरिटिको पार्ट, ईथिकल्लिको पार्ट र ओभरल अर्गनाइजेशनको व्यवहारको पार्ट कसरी अगाडि बढाउँने, समग्र अर्गनाईजेशनलाई कसरी अगाडि बढाउँने भन्ने विषयको हो । काम सम्पन्न गर्नका लागि डिरेक्सन क्लिएर हुनु पर्यो नि त डिरेक्सन क्लिएर नभएसम्म त्यसमा अलाईन हुदैन । त्यसो भएको हुनाले डिरेक्सन क्लिएर हुनु नै एउटा अर्गनाइजेशन अगाडि बढ्नु हो, किनभने तलदेखि माथिसम्म हामी एउटा टिमवर्कमै अगाडि बढिरहेका छौँ ।

५) सडकदेखि सदनसम्मको सहयोग तपाईले पाउँनु भयो, युवाहरुले ‘नेपालको पानी जनताको लगानी’ ‘उज्याँलो नेपाल,समृद्ध नेपाल’ को चर्को नारा पनि लगाए, अब भनिदिनुस, ति नाराले कहिले पूर्ण रुपमा सार्थकता पाउँछ होला ?

-त्यहि लाइनमा त हामी अगाडि बढिरहेका छौँ । नेपालको पानी जनताको लगानी भनेको हाम्रो नेपालको हाइड्रो पावरमा नेपाली जनताको लगानी गर्ने भनेको हो । अब प्राइभेट सेक्टरबाट धेरै प्रोजेक्टहरु आईरहेका छन, हामीले धेरै प्रोजेक्टहरुमा पिपिए अगाडि बढाएका छौँ । बिद्युत प्राधिकरणबाट आफैँले पनि करिब करिब दुई हजार पच्चिस सय मेगावटको उत्पादनका लागि लगानी बढाईरहेका छौँ र (जेनेरेशन कम्पनी) छुट्टै नेपाल सरकारले जेनेरेशन कम्पनी खोलेको छ, त्यसबाट दुई हजार, पच्चिस सय मेगावटको लागि बजेट छुट्याइएको छ । यी सबैमा पहिलो लगानी नेपाली जनताको हुन्छ, त्यसपछि नपुगेको लगानी बाह्य रिसोर्सबाट पनि फन्डिङहरु जुटाएर अगाडि बढ्ने भनिएको हो । हिजोको नेपालमा चाहि लगानी छैन । नेपालको आन्तरिक लगानीबाट प्रोजेक्ट बन्दैन भन्ने अवस्था आज पनि छैन । त्यो तामाकोशीले देखाइसकेको छ, चिलिमेको कम्पनीको प्रोजेक्टहरुले देखाइसकेको छ । हामीसँग हजारौँ मेगावट बनाउँने श्रोत रहेको छ । हाम्रो रिसोर्सलाई पहिले प्रयोग गरेर प्रोजेक्ट बनाउँने हो । त्यहि लाइन नै अबको आउँने डिरेक्सन हुन्छ, त्यो भनेको जनताको लगानीमा नेपालको हाइड्रो पावरहरुलाई बढि भन्दा बढि बनाउँनु नै हो । त्यसको लागि समय लाग्छ, तर असम्भव भने छैन ।

६) हाम्रा दर्शक, पाठकहरुलाई प्रष्ट भनिदिनस, के नेपालले विद्युत आयात गर्नु नपर्ने दिन आउँछ ? त्यो सम्भावनालाई कसरी नियाल्नु भएको छ ?

-नेपालको जलश्रोतलाई विद्युत उत्पादनमा उपयोग गर्न सक्ने हो भने विद्युतमाथिको हाम्रो परनिर्भरताको अवस्था अवस्य पनि अन्त्य हुन सक्छ । त्यसको अर्थ नेपालमा विद्युत उत्पादन गर्नलाई अहिले नै आयात रोक्ने भनेको होइन । आयात निर्यात भन्ने कुरालाई धेरै फोकस गर्नु पनि हुदैन । हाम्रो डिमाण्ड कसरी पूर्ति गर्ने भन्ने कुरा हामीलाई हाम्रो आन्तरिक जेनेरेशनलाई पुगेसम्म हामीले आन्तरिक रुपमा नै व्यवस्थापन गर्ने हो । त्यसको लागि हाइड्रो पावर तपाईले आज सुरु गरेर एक बर्षपछि आउन सक्दैन । त्यसैले त्यसले सर्टेन टाइम लिन्छ । त्यसकारणले हामी आयातै बन्द गरेर बस्ने, केहि आयात घटाउनुपर्छ र भोलिका दिनमा केहि निर्यात पनि हुन सक्छ भन्ने देखिरहेका छौ । निर्यात कस्तो टाइममा हुन्छ भने, अफिक पिरेडमा, जुनबेला हामीलाई सकस हुन्छ र केहि निर्यात पनि हुनसक्छ । त्यो चाहि के हो भने अप्टिमम्, त्यो जुन हाइड्रो पावर र इन्डियाको जुन इलेक्ट्रिसिटि छ । त्यसलाई चाहि अप्टिमम युटिलाइजेसन गर्ने, कसरी युज गर्ने भन्ने विषय हो । त्यो भएको हुनाले केहि समयसम्म आयात पनि हुनसक्छ । त्यसपछि हामीलाई अलिकति सकस भयो भने निर्यात पनि हुन सक्छ । हाम्रो जेनेरेशनको खपत पहिले पूर्ति गर्ने र त्यसपछि निर्यातको विषयमा सोच्ने हो । त्यसलाई हामीले खपत गर्नसकेका छैनौँ । अब खपत बढाउँने हो । अब जनरल्ली के हुन्छ भने, डेभिलेप्मेन्ट कन्ट्रिहरुमा एकजना व्यक्तिले बर्षमा तीन, चार हजार युनिट खपत गर्छन । एकजना व्यक्तिले चाइनामै चार हजार पर युनिट क्याविट उपयोग गर्ने गर्छ, इन्डियामा भन्ने हो भने हजार युनिट पर क्याविट छ, हाम्रो एक सय तीस युनिट पर क्याविट छ, भनेपछि हामीले खपतै गर्नै सकेका छैनौँ, हामीले डिमाण्ड बढाउँन सकेका छैनौँ, भनेपछि त हाम्रो डिमाण्ड त धेरै आउनेवाला छ । त्यहि भएको हुनालो हाम्रो खपत बढ्छ, त्यो खपतलाई कसरी बढाउँने भन्दाखेरी ट्रान्समिटर लाइन, डिष्ट्रिब्यूसन लाइन बनाउनुपर्ने छ, ईलेक्ट्रिक भेईकल ल्याउनुपर्ने छ, ब्याट्री चार्ज गर्ने स्टेसनहरुको व्यापक रुपमा (वल्र्ड वाईड) यसले चाहि ब्याट्री चार्जर स्टेसन राखेर ईलेक्ट्रिकल भेईकलहरु प्रोमोसन भैरहेका छन । रिजल्ट रिप्लेसमेन्ट भनेको के हो त, रिजल्ट रिप्लेसमेन्टमा डिजेल कम भयो भनेर डिजेल ल्याउनु भनेर मात्र हुदैन नि । त्यो रिप्लेसमेन्टको बाटो पनि देखाउनु पर्यो । तपाईले डिजेल रिप्लेसमेन्ट भनेर लिएर ईलेक्ट्रिक भेइकलहरुलाई प्रोमोसन गर्ने हो । त्यो ईलेक्ट्रिक भेइकल प्रोमोसन गर्नलाई ब्याट्री चार्जर स्टेसनहरु ठाउँ ठाउँमा राख्नुपर्छ, त्यसपछि ग्याँस रिप्लेसमेन्ट भनेर मात्रै हुदैन, त्यो ग्याँस रिप्लेसमेन्ट गर्नलाई पहिला प्लान बनाउँनु पर्ने हुन्छ । त्यो कसरी रिप्लेस हुन्छ त भन्दा, बेलुका पिकमा चाहिन्छ कि चाहिदैन ? त्यो पिकमा ग्याँस रिप्लेसनलाई त्यो किसिमको मेकानिजम बनाउँनु पर्दछ । त्यहि मेकानिजमबाट हामीले काम गर्नुपर्छ । काम गर्ने हो भने समस्या आउन सक्छन तर असम्भव भने हुदैन ।

७) भनेपछि नेपालको पानीलाई विद्युत उत्पादनमा उपयोग गर्न सके, भोलिका दिनमा हामी निर्यात व्यापार पनि गर्न सक्छौ भन्ने तपाईको संकेत हो ?

-पहिलो कुरा हामी विद्युतमा आत्म निर्भर हुन्छौँ । हामी आन्तरिक रुपमा आउदो जेनेरेसनलाई खपत पुग्ने गरि व्यवस्थापन गछौ र आजको जस्तो ठूलो समस्या रहदैन । हामीसँग यति धेरै हाइट्रोपावर रिसोर्सहरु छन । त्यसलाई अहिले हामीले एक प्रतिशत पनि जेनेरेसन गर्न सकि राखेका छैनौ । त्यो जेनेरेसन गर्ने क्रममा छौ । अब चाँडै नै धेरै प्रोजेक्टहरु आउँदै छन । अब दुइ तीन बर्षमै करिब १२, १५ सय मेगावट विजुली आउँदै छ । त्यो प्रोजेक्टहरु आइसकेपछि अल्टिमेट्लि हामी सेल्फ सस्पेन तिर लाग्छौँ । हामीले डिमाण्डहरु बढाउँनु पर्दछ । अब त डिमाण्ड कसरी बढाउने हो ? डिमाण्ड बढाउनलाई आज ३०० मेगावट थप्यो भने, त्यो ३०० मेगावट आज नै खपत गर भनेर दिएर मात्रै हुदैन नि, त्यो खपत गर्नलाई घरघर, पुग्नलाई मेन ट्रान्जिट चाहिन्छ । त्यसलाई पनि टाइम लाग्छ, ट्रान्जिट गर्न हो त्यो एक्सपानसन डिमाण्डलाई कसरी चाहि उपयोग गर्ने र इन्फ्रास्ट्रक्चर कसरी बनाउने, डिष्ट्रिब्यूसन लाइनदेखि सब स्टेसनहरुको एक्सपानसन कसरी गर्ने भन्ने प्लान अबको प्लानिङ्मा जानुपर्छ । त्यसले हामीलाई चाहीने भन्दा बढि विद्युत उत्पादन भएको खण्डमा निर्यात पनि गर्न सकिन्छ ।

८) तपाईले विद्युतिय चिमको खरिद प्रकृयामा केही गम्भिर आरोपहरु समेत सहनु पर्यो, उज्याँलो नेपालको अभियानमा तपाईलाई यसले कत्तिको निरुत्साहित बनायो ?

-कसैले शंका गर्न पाईदैन भन्ने हुदैन, त्यो प्रश्न रेइज गर्नु राम्रै कुरा हो । तर हामीले एकदमै सिन्सिएर्ली आफ्नो हिसाबले नेपालमा डिमाण्ड साइड म्यानेजमेन्डबाट आउँदो बर्षको डिमाण्डलाई एक किसिमले स्टेवल गराउनु पर्छ । नभए हामीलाई अलिकति सबै साइडबाट पुग्दैन भन्ने हिसाबले अगाडि बढेका थियौँ । अब डिमाण्ड साइड म्यानेज्मेन्ट भनेको लिड ल्याम्प मात्रै फेर्ने हो । अरु धरै कुरा छन इनर्जि इफिसेन्सि भनेको फ्यानमा हुन्छ, रिफ्रिजेन्टमा हुन्छ, एसिमा हुन्छ, यस्ता धेरै प्रोडक्टहरु छन । जुन इनर्जि इफिसेन्सि नेपालमा त्यो किसिमको क्याम्प छैन । अब अहिले हालै गर्नुपर्ने के हो भने इनर्जी जेनेरेशन मात्रै हैन इनर्जी सेभिङको पार्ट, इनर्जी सेभिङ इज जेनेरेशन सेभिङ पनि केहि मात्रामा गर्नुपर्छ । सेभिङ भन्नुको मतलब बत्ति नै नबालेर हामीले सेभिङ गर्ने भनेको हैन नि, जुन हामीलाई चाहिने लाइट लिएर सेभिङ गर्ने इनर्जी इफिसेन्सि प्रोडक्टका रुपमा प्रयोग गर्नुपर्छ, त्यसलाई हामीले क्याम्पिङ गर्नुपर्छ, गभर्मेन्टले इन्टेरिङ गर्नुपर्छ, मार्केटमा हस्तक्षेप गर्नुपर्छ, हस्तक्षेप नगरेसम्म त्यो आउँदैन, त्यो नर्मल बाटोबाट आउँदैन, २३ सिएफएल चिम हामीले फिलिप्स ल्याउँने भनेका थियौँ, ल्याम्प चाहि मार्केटमा किन्दा चार, पाँच सय पर्दछ । ४,५ सय तिरेर भएको ल्याम्प त रिप्लेस गर्न गाह्रो हुन्छ । त्यो चाहि मास स्केलमा रिप्लेसमेन्ट भनेको त त्यसलाई सस्तो पनि दिनु पर्यो, क्वालिटि पनि दिनुपर्यो । सस्तो क्वालिटि दिएर गभर्मेन्टको तर्फबाट इन्टरभेन्सन गर्नुपर्छ भनेर हामीले त्यस्तो गरेका हौ । हामीले न कि कुनै भिजिट ल्याम्पको बिजिनेश गर्न लागेको हो, हामीलाई यो सँग सरोकार पनि थिएन, तर हाम्रो एउटै इन्ट्रेस्ट के हो भने आउँदो बर्षसम्ममा र अब आउने सिजनमा लोडसेडिङको अन्त्य गर्नुपर्छ । त्यो डिमाण्ड त बढ्छ नि, बर्षको हाम्रो यसपालिको डिमाण्ड भन्दा नेक्स बर्षको २०० भन्दा बढि डिमाण्ड बढ्छ । त्यो भएका हुनाले २ सय मेगावटले तपाईले लिड गर्न सकेन भने त फेरि पनि लोडसेडिङको अवस्था आउन सक्छ । त्यो भएको हुनाले त्यसलाई पनि गर्ने, डिमाण्ड साइडबाट पनि म्यानेज के के गर्ने, सबै साइडबाट हामीले सोलार र अरु धेरै कुराहरु देखिरहेका छौैँ । यी सबै क्षेत्रबाट अगाडि प्रोग्राम ल्याएर म्यानेज गर्ने भन्ने छ । अब त्यसमा हामी फेरि पनि गर्दैछौँ । अरु प्रोग्राममा पनि जान्छौँ । राम्रो काम गर्दा कतैबाट आरोप पनि खप्नु पर्छ, त्यसले निरुत्साहित हुनुपर्ने आवश्यकता मैले महसूस गरिन ।

९) अन्तिम प्रश्न, तपाईले जुन उर्जाका साथ लोडसेडिङ हटाउने अभियान चाल्नु भएको छ, त्यसलाई सरकार हेरफेरले कतै प्रभावित पार्ने वा त्यसले केही समस्या क्रेट गर्छ भन्ने लागेको लागेको छ ? तपाईले यो विषयमा केहि सोच्नु भएको छ ?

-जुनसुकै सरकारलाई पनि काम देखाउनु पर्ने हुन्छ, पर्फेमेन्स त चाहियो नि, त्यसैले त्यति सारो समस्या वा सुरु गरिएको अभियाननै रोक्नु पर्ने अवस्था त आउँदैन भन्ने लाग्छ । अब एक किसिमले जुन काम शुरु भएको छ, त्यो काम स्प्रिटमा चलिराखेको छ । सबैले त्यहि स्प्रिटमा काम होस भन्ने नै चाहेको छ तर कसैलाई पनि त्यसमा बे्रक गरौँ भन्ने लाग्दैन होला । त्यो भएका हुनाले मलाई लाग्छ अझ यो भन्दा राम्रो गरौँ भनेर नै आउनुहुन्छ होला । तर एउटा च्यालेन्ज त सेट गरेर नै आउँछ, अब पूर्वमन्त्रीले एउटा स्ट्रेस पारेर जानु भएको छ, त्यो त च्यालेन्ज हो नि त । हरेक स्टेपमा च्यालेन्ज हुन्छ, त्यो गरेर आएपछि सबैभन्दा बेटर के हुन्छ भन्ने अहिले एक किसिमले नेपालमा पोजेटिभ सञ्चार हुनुपर्छ । सबै अलिकति नेगेटिभ मात्र हुदैन, त्यसकारणले चाहि त्यो समस्या नआउन सक्छ ।

१०) यदि उर्जा मन्त्रालयमा तपाईलाई निरुत्साहित गराउने खालको नेतृत्व आइदियो भने त्यतिखेर तपाई के गर्नुहुन्छ ?

-अब त्यस्तो किसिमले के होला र ? सबै मन्त्रीलाई काम देखाउँ भन्ने नै हुन्छ । अर्को कुरा चाहि हाम्रो एक्टिभिटीमा पनि भर पर्दछ । त्यसबाट यो बेनिफिट छ कन्ट्रिलाई भन्ने कुरो बुझाउँन सक्नुपर्छ । अब सबै नेगेटिभै नेगेटिभ, यो पनि हुदैन, त्यो पनि हुदैन भन्ने कुरा त्यो कसैले भन्दैन र राष्ट्रलाई राम्रो हुने कुरामा सबैले सहयोग गर्छन र गर्नुपर्छ । यो आफ्नो काम र योजनामा निरन्तर लागि रहन्छु ।

LOADING...