सल्यानमा वडा अध्यक्ष, प्रहरी हिरासतमा

मदिरा सेवन गरी तोडफोड गरेको आरोप

सल्यान । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट सल्यानको शारदा नगरपालिका वार्ड न १२ मा निर्वाचित वार्ड अध्यक्ष दिपक हमाललाई स्थानीयवासीले प्रहरी खोरमा पुर्याएका छन ।

हिजो बेलुकी उनकै गाउँ रेशमज्युलाबाट स्थानीयवासीले घर घेरेर प्रहरीलाई बुझाएका हुन । बेलुकी मदिरा सेवन गरी स्थानीयवासीको घर तोडफोडमा उत्रिएपछि त्यस्तो अवस्था आएको स्थानीयवासीहरुको भनाई छ ।

उनले स्थानीय बिनोद चलाउनेको घरको ढोका फोर्नुको साथै डिस टिभीको छाता निकालेर फालिदिएका थिए । रक्सिको मातमा उक्त कार्य गरेर घर पुगेका उनलार्इ गाउँलेहरु जम्मा भई घर घेरेर प्रहरी चौकीमा पुर्याएका थिए ।

उनलाई अहिले श्रीनगर प्रहरीपले आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।