एसइर्ईको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

परीक्षामा संलग्न सबै उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना र एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये १२ हजार २ सय ८४ जनाले ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गरेका छन् ।

एसइर्ईको नतिजा हेर्न हरपल नेपाल डट कमले तल दिएको लिङ्कमा क्लिक गर्नुहोला । परीक्षा नियन्त्रण कार्यालयले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो ।

गत चैत पहिलो साता लिइएको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।
त्यसमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षामा सहभागी हुन योग्यता नपुगेको पनिकाले जनाएको थियो ।

त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए भने बाँकी ४ लाख ६२ हजार १ सय ३६ परिक्षामा सहभागी भएका थिए । नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थीले परिक्षा दिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो ।

परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुनः परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ । गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाएका थिए ।

एसइर्ईको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्