अनेरास्ववियुद्धारा प्रचण्ड र देउवाको पुत्ला दहन

सिक्किमिकरण गराउन खोजिरहेको आरोप

काठमाडौं । सरकारले दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निटकको अनेरास्ववियुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ ।

प्रर्दशनीमार्गस्थित आर.आर. क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले सरकारको निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै पुत्ला दहन गरेका हुन ।

एमालले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो । अनेरास्ववियुका नेता कार्यकर्ताले सडकबाटै सरकार ढाल्ने चेतावनी समेत दिएका छन् । अनेरास्ववियू अध्यक्ष नविना लामाले सरकारको उक्त निर्णय नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताएकी छन ।

प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय दलाल भएको बताएका छन । वर्तमान सरकारले २ नम्बर प्रदेशलाई सिक्किमिकरण बनाउन खोजिरहेको आरोप लगाएका छन् ।