कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ

पत्रकार महासंघद्धारा तुरुन्त रिहा गर्न माग

कञ्चनपुर । कञ्चनपुरमा दैनिक मानसखण्डका सम्पादक तथा प्रकाशक खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

आज समाचारका विषयलाई लिएर सार्वजनिक ऐन अन्तर्गत पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल पत्रकार महासंघले तुरुन्त रिहा गर्न माग गरेको छ ।

प्रेस काउन्सिलले गर्ने काम प्रहरीले गरेको भन्दै कञ्चनपुरका पत्रकारहरु जिल्ला प्रहरी कार्यालय अगाडी आन्दोलनको गर्न तयार भएका छन ।

प्रहरीद्धारा भएको गलतका विरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलन गर्न तत्पर भएको र निर्दोषलाई न्याया दिलाउन जस्तो सुकै संकटको पनि सामना गर्न सक्ने बताएको छ ।

भण्डारी न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष र रेडियो प्रसारक संघका महासचिव पनि हुन । उक्त घटना पति मुलुक भरिका पत्रकारहरुले कडा भत्सना समेत गरेका छन ।