लैनचौरमा प्रदर्शनकारी र प्रहरीबीच झडप(भिडियोसहित)

पाँच बर्षमा सबै गुमेको भूमि नेपालले लिन्छ भन्दै भारतलाई ग्रेटर नेपालको कडा चुनौती

काठमाडौं । दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिकमाथि भारतीय सरकारले गरेको दमन विरुद्ध आज नेपालीहरुले काठमाडौमा विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सीमानामा काँडेतार अभियान, राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान, नेपाल र नेपाल रक्षा दलको संयुक्त आयोजनामा गरिएको विरोध प्रदर्शनको क्रममा प्रहरीले तोकेको निषेधित क्षत्र पारगर्ने क्रममा उक्त झडप भएको हो ।

आन्दोलनकारीहरुले नारा जुलुशसहित रत्नपार्क अगाडिबाट लैनचौरस्थित भारतीय राजदूतावास प्रवेश अगाडिको सडकसम्म र्याली सम्पन्न गरेका थिए । सयौंको सहभागिता रहेको उक्त र्याली निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि केहीबेर सुरक्षाकर्मि र प्रदर्शनकारीबीच एक आपसमा धकला धकलको अवस्था सिर्जना भएको थियो ।

प्रदर्शनकारीका अगुवा फणिन्द्र नेपाल र नवल खड्काले प्रहरीको धेरा तोड्न खोजेपछि आक्रोशित भिड र प्रहरीबीच सामान्य झडपको अवस्था देखिएको थियो । प्रहरीले उच्च सतर्कता अपनाएकाले त्यहाँ कुनै अप्रिय घटना भने हुन पाएन । सो झडपबाट कसैलाइै चोट पटक लागेको छैन ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपाल र नेपाली चलचित्र निर्मार्ता, कलाकार समेत रहेका सीमानामा काँडेतार अभियन्ता नवल खड्काले जुन सुकै हालतमा पनि आफ्नो आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना बस्ने आफ्नो पत्रकारहरुसँग बताएका थिए ।

प्रहरीले प्रदर्शनकारीको धर्नामा बस्ने योजना समेत कुटिलतापूर्वक असफल बनाएदिएको छ । अहिले प्रदर्शनकारीहरु आफ्नो कार्यक्रम सफल भएको भन्दै त्यहाँबाट फर्किएको हरपल नेपालकर्मिले जनाएका छन ।

दार्जिलिङमा नेपाली भाषाको माग गर्दै गरिएको आन्दोलनमा प्रहरीले व्यापक दमन गरेको भन्दै उनीहरुको समर्थनमा उक्त आन्दोलनको गरिएको हो । भारत सरकारले गरेको दमन विरुद्ध आक्रोशित हुँदै प्रदर्शनकारीहरुले नेपाली भाषीको माग पुरा नगरे एकै पटक ग्रटर नेपालको अभियान सफल हुने भन्दै भारत सरकारलाई कडा चुनौती दिएका छन ।

LOADING...