दार्जिलिङ नेपालको भूभाग हो भन्दै काठमाडौमा सयौं नेपाली उर्लिएपछि….(भिडियोमा हेर्नुहोस्)

‘भारतलाई चौतर्फि चुनौतीः दार्जिलिङको माग–न निल्नु न ओकल्नु’

काठमाडौं । भारतको दार्जिलिङमा नेपालीभाषीको आन्दोलनमा त्यहाँको प्रहरीले गोली बर्साएको र आन्दोलकारीमाथि दमन गरेको आक्रोशमा हिजो काठमाडौमा नेपालीहरुले सडकबाट चर्चा चर्का नारा जुलुश लगाए । धेरैले भारतीय सरकार मुर्दावाद, नेपाली भूमि फिर्ता दे भन्नेसम्मका नारावाजी समेत लगाए ।

भारतीय सरकार विरुद्ध चर्का नारा लगाउँदै हिजो सयौंको सख्यामा रहेका नेपाली नागरिकहरुले शान्तिवाटिकादेखि भारतीय राजदूतावास अगाडिसम्म दार्जिलिङमा भैरहेको भाषीक आन्दोलनको समर्थनमा प्रदर्शन गरे । दार्जिलिङको भाषीक आन्दोलनमा भारतीय सरकारले चरम दमन गरेको भन्दै नेपालीहरुले त्यसको बदलामा सुगौली सन्धीको बाहनामा भारतले हडपेको ग्रेटर नेपालको भुमी खोस्नेसम्मको उसलाई चेतावनी पनि दिए ।

भारतको अगाडि यतिबेला दार्जिलिङका नेपालीभाषीको माग न निल्नु न ओकल्नु जस्तो भएको छ । उनीहरुले उठाएका मागहरु नागरिकका हिसाबले उचित छन, र त्यसरी नै तामीलनाडुहरुले आन्दोलन गर्दा उसले राज्य दिएको कुरा पनि बिर्सेको छैन, तर दार्जिलिङका अधिकांश नागरिक भारतीय नागरिक भएपनि नेपालीमुलका भएकाले छुट्टै राज्य दिदा भविष्यमा नोक्सानी हुनसक्ने प्रति उसले शंकाको नजर राखेको सर्वत्र अनुमान गरिएको छ । तथापि आन्दोलनको पक्षमा नेपालमा समेत प्रदर्शन भएपछि त्यसको प्रभावले भारतमा रहेका नेपालीहरुले समेत ग्रेटर नेपालको मुद्धा उठाउने अवस्था बढेपछि भने उसलाई अहिले त्यहाँको समस्या ‘न निल्नु, न ओकल्नु’ जस्तै भएको कतिपय भारत निकट मानिनेहरुले नै विश्लेषण गर्न थालेका छन ।

LOADING...

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सीमानामा काँडेंतार अभियान, नेपाल रक्षा दल र राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल लगाएतको संयुक्त आयोजनामा भएको उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले नेपालले सुगौली सन्धीपछि नेपाली भुमिमाथि हस्तपेक्ष गरेको बताएका छन ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले दार्जिलिङ नेपालको भूभाग भएको तर्क गर्दै त्यसमाथि नेपालीहरुको मात्र अधिकार हुनुपर्ने बताएका छन । ग्रेटर नेपालका संयोजक नेपालले सुगौली सन्धी भारतसँग नभइ, नेपाल र ब्रिटिस ईष्टइन्डियन कम्पनीसँग भएकाले बेलायतसँग भएको सम्झौता भारतसँग लागु नहुने धारणा राखेका छन ।

उनले भनेका छन–‘सन १९४७ अगस्त १५ मा ब्रिटिस पार्लामेन्टले पाश गरेको ‘इन्डिया इन डिपेन्डेन्सि ८’ मा आज भन्दा अगाडि बेलायतले जो जोसँग सन्धी गरेको थियो, त्यो सबै रद्द हुनेछ भन्ने उल्लेख गरिएको छ । तसर्थ हामीले ग्रेटर नेपालमाथि अधिकारको खोजी गर्ने कानुनीअ आधार रहेको छ ।’

उनले दार्जिलिङमा रहेका नेपालीभाषीहरुको आन्दोलनमा त्यहाँको सरकारले दमन गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेपनि आफुहरुले गोर्खाल्यान्डको पक्ष वा विपक्षमा नबोलेको बताए । दार्जिलिङका नेपालीभाषीहरु प्रति भारतीय सरकारले अपमान नमिल्ने भन्दै उनले भारतले ग्रेटर नेपालको सबै भुभाग फिर्ता गर्नुपर्नेमा जोड दिए ।

LOADING...

नेपाल आमाका विर सपुतहरु ‘गोर्खा सेना’ नभएमा भारत २४ घण्टामा २४ टुक्रा हुने बताउँदै संयोजक नेपालले भने–‘जस्ले भारतीय सुरक्षाको लागि रगत बगाएको छ, तिनै नेपाली सन्तानमाथि दार्जिलिङमा भारतीय मोदी सरकारले गोली चालाएको छ, हामी उसलाई चुनौती दिन चाहन्छौ।’

नेपाल सकार सुगौली सन्धीका कारण गुमेको जमिनको खोजी गर्नबाट भागेको भन्दै उनले कडा आक्रोश पोखें । सरकारलाई नपुङ्सकको संज्ञा दिदै उनले आफ्नो माटो, आफ्नो घरको माया नभएको मानिस नेपाली हुन नसक्ने बताए ।

त्यसैगरी उक्त कार्यक्रममा सीमामा काँडेतार अभियन्ता कलाकार नवल खड्काले दार्जिलिङ लगाएत सुगौली सन्धीका कारण गुमेको ग्रेटर नेपालको जमिनमा नेपालीको हक, अधिकार स्थापित गर्नु सबैले संघर्ष गर्नु जरुरी भएको बताए ।

LOADING...

उनले दार्जिलिङको आन्दोलनमा भारतीय सरकारले दमन गर्नु, गोली चलाएर आफ्नै नागरिकको हत्या गर्नु, विभेद गर्न सबैको कारण त्यहाँका अधिकांश मानिसहरु नेपालीभाषी हुनुलाई औल्याएका छन ।

त्यसैगरी उक्त कार्यक्रममा नेपाल रक्षा दलका संयोजक युवराज सफलले भारतले नेपाललाई जिस्काएको खण्डमा उसका अगाडि अरिङ्गालको गोलाका जसरी समस्या निम्तिने खतरा रहेको बताए । उनले भारतीय शासक र्वालाई आफ्नो हस्तक्षेपकारी नितीमा सुधार गर्न माग गर्दै नेपालसँग असल छिमेकीको रुपमा व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरें ।

उनले भारतीय जनता नेपाल र नेपालीका सत्रु नभएको भन्दै त्यहाँका शासक वर्गको विस्तारवादी निती प्रमुख शत्रु भएको बताए । भारतले उहील्यै रद्ध भैसकेको सम्झौताको आडमा नेपाली भुमी हडप्न नपाउने बताए ।

LOADING...

कार्यक्रमको अत्यमा ग्रेटर नेपालका संयोजक नेपाल र सीमानामा काँडेतार अभियानका खड्का लगाएतले प्रहरीको निषेधीत क्षेत्र तोड्ने प्रयाश गरेपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।

LOADING...