रुपन्देहीमा मेयरका उम्मेदवारको घरमा बम

सुरक्षा व्यवस्थामा चुनौति

रुपन्देही । रुपन्देहीको सदरमुकाम सिद्धार्थनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मेयरको उम्मेदवारका घरमा प्रेस कुक्कर बम भेटिएको छ ।

गत राति नौ बजे उम्मेदवार सागरप्रताप राणाका घरको मुख्य ढोका अगाडि बोरा भित्र राखेको अवस्थामा उक्त बम फेला परेको हो । राणाले आफ्नो घरमा शंकास्पद वस्तु देखे लगत्तै सुरक्षाको लागि नेपाल प्रहरीलाई खबर गरेका थिए ।

उक्त बम राखेको बोराभित्र अबध स्वयत्त प्रदेश नाम भएको समुहले स्थानीय तहको निर्वाचनमा अहिले भाग नलिने र उम्मेदवारी फिर्ता गर्नु पर्ने एउटा पर्चामा लेखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा यस्ता विभिन्न अपराधिक घटनाहरु दिनहुँ भई रहेको त्यहाँका स्थानीयवासीको गुनासो रहेको छ । त्यस्ता घटनाको छानबिन गरि दोषिलाई कारवाही गर्न स्थानीय वासीले माग गरेका छन ।

चुनाव विथोल्ने उदेश्ले दैनिक रुपमा उम्मेदवारलाई धम्किहरु आउन थाले पछि सुरक्षा व्यवस्थामा चुनौति देखिएको छ ।