त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सामान सहित तीन जना पक्राउ

आवश्यक अनुसन्धान हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एअरलाइन्सको उडानद्वारा दुबईबाट आएका तीन जना अवैध सामान सहित पक्राउ भएका छन ।

बागलुङ रायडाँडाका २७ वर्षीय राजु हरिजनसँग सामान रिसिभ गर्दै गरेको अवस्थामा काठमाडौं चावहिल बस्ने खोटाङ मसुवागढीका ४५ वर्षीय लक्ष्मी आचार्य र काठमाडौं बौद्ध बस्ने दोलखा, जिरी नगरपालिका–३ का १९ वर्षीय रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनजस्तो देखिने पहेंको धातु करीव १ सय २० ग्राम, ल्यापटप ४ थान, आइफोन ६ थान र मोवाइल २ थान सहित बिहिबार तीनै जानलाई प्रहरीले पक्राउ गरेको छ ।

यस घटनाको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।