गुलरिया नगरपालिकामा काँग्रेसको अग्रताः केहिवेरमा अन्तिम मत परिणाम सार्वजनिक हुँदै(हेर्नुहोस भिडियोसहित)

एमाले र माओवादीबीच प्रतिस्पर्धा

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । काँग्रेसका मेयर पदका उम्मेदवारले ५९७० मत प्राप्त गरेर पहिलो स्थानमा रहेका छन । उक्त नगरपालिकामा काँग्रेसले ३, ५ र ६ वडामा विजयी भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले प्यानलैसहित चार वटा वडामा विजयी भएको छ । वडा नं ८,९,११ र १२ मा प्यानलसहित विजयी भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तीन वटा वडामा विजयी भएको छ । वडा नं १,२ र ४ मा विजेता भएको हो । ७ नं वडामा राप्रपा विजयी भएको छ ।

१२ वटा वडा नं भएको उक्त नगरपालिकामा अहिले अन्तिममा १० नं वडाको मत गणना भइरहेको बताएको छ । अन्य एघार वटा वडाको मत गणना भइसकेको छ । अब केहि समय पछि यस नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी भएको निर्वाचन आयोगले हरपल नेपाल डटकमसँग बताएको छ ।

निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार अहिलेसम्मको मत परिणाम यस्तो रहेको छ ।
मेयरमा      माओवादी       ४८४५
मेयरमा      एमाले             ५६१७
मेयरमा     काँग्रेस            ५९७०
उपमेयरमा  माओवादी    ४२८८
उपमेयरमा   एमाले         ५६०३
उपमेयरमा   काँग्रेस        ६२०८