रुपन्देहीमा माओवादी केन्द्रले बाजी मार्योः अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार हिरा कुमार केवटले उनका प्रतिद्धन्द्धी संघीय समाजवादी फोरम नेपालका मञ्जित कुमार यादवलाई १३१ मतले पराजित गरेका छन ।

त्यसैगरी उपाध्यक्षमा माओवादीकै सुन्दरमती कुमारी हरिजनले उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता उप्रेतीलाई ९२ मतले हराएकी छन ।
यस्तो छ मत परिणामः-
अध्यक्ष         माओवादी                  २४४२
अध्यक्ष  संघीय समाजवादी फोरम  २३११
उपाध्यक्ष    नेपाली कांग्रेस            २१७२
उपाध्यक्ष     माओवादी                २२६४