राजधानीमा कर्णालीका आवाज जब गजलबाट  गुञ्जीए (भिडियोसहित हेर्नुहोस्)

स्रष्टाको विश्वाशः साहित्य समाज रुपान्तरणको बलियो माध्यम

काठमाडौं । लामो समयदेखि साहित्य सिर्जनामा लागेका मुगुका सूर्य रोकाय ‘संकल्प निर्मोही’ र हुम्लाका गणेश स्पन्दनले राजधानीमा आयोजित गजल साँझ कार्यक्रमबीच दर्जन बढि गजलहरु वाचन गरेका छन ।

शनिवार नयाँ बानेश्वरस्थित होटल अर्यालमा कुशें न्युजले उक्त कार्यक्रममा कर्णालीका दुई युवा गजलकारहरुलाई दर्शकहरु माझ गजलसहित उपस्थित गराएको हो ।

गजल साँजमा देखिएका निर्मोही संकल्प हाम्रो अनलाईन डटकमका संचालक, सम्पादक समेत हुन । उनले मुलुक परिवर्तनका लागि साहित्यका माध्यमबाट ठूलो जागरण ल्याउन सकिने विश्वास हरपल नेपाल डटकमसँगको कुराकानीमा ब्यक्त गरें । उनले साहित्य र पत्रकारीताको माध्यमबाट समाजिक रुपान्तरणको अभियान अगाडि बढाउनु पर्नेमा जोड दिए।

त्यसैगरी उक्त कार्यक्रमका अर्का प्रतिभा गणेश स्पन्दनले गजलका माध्यमबाट राष्ट्रियताको विकाश र परिवर्तन सम्भव हुने धारणा ब्यक्त गरें । उनले मुलुकको पछिल्लो राष्ट्रिय रानीतिक अवस्थालाई गजलका माध्यमबाट बलियो रुपमा प्रस्तुत गरे ।

उक्त गजल साँझमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, साहित्यकार, बुद्धिजीवी, पत्रकारहरु लगाएतको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको हरपल नेपाल डटकमले एक भिडियो सामाग्री समेत तयार गरेको छ, जुन तपाईहरु तलको भिडियो खोलेर सजिलै हेर्न सक्नुहुने छ ।

LOADING...