बाँकेमा श्रीमानद्धारा श्रीमतीको हत्या

को हुन हत्या आरोपी अस्ताव बेडुवा ? किन गरे श्रीमतीको हत्या ?

बाँके । बाँकेको कोहलपुरमा एक जना व्यक्तिले आफ्नै श्रीमतीको टाउको काटेर हत्या गरेको घटना सार्वजनिक भएको छ।

कोहलपुरका २९ वर्षीय अहमद अस्ताव बेडुवाले घरायसी स–साना कुरामा उत्पन्न विवादका कारण आवेगमा आएर मध्यराती आफ्नी २७ वर्षीया श्रीमती मन्सुरको घाँटी रेटेर हत्या गरेका हुन ।

श्रीमतीको हत्या गरेपछि काटीएको टाउँकोसहित इलाका प्रहरी कार्यालय कोहलपुरमा उनी आफै उपस्थित भएर आफुले श्रीमतीको हत्या गरेको बताएपछि आफुहरु अचम्ममा परेको प्रहरीले बतायो ।

घटनापछि हत्याका आरोपीले दिएको बयानका आधारमा प्रहरीले खोजी गर्दा घटना स्थलमा उनकी श्रीमती घाँटी छेडिएको अवस्थामा फेला परेको प्रहरीले हरपल नेपाल डटकमसँग कुराकानीमा बतायो । प्रहरीका अनुसार घटना स्थलमा उनकी ६ महिनाकी छोरी पनि फेला परेपछि उनको उद्धार गरिएको छ ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी हत्या आरोपी अस्ताव बेडुवा र उनकी कान्छी श्रीमतीलाई पनि पक्राउ गरेको जनाएको छ ।

को हुन हत्या आरोपी अस्ताव बेडुवा ? किन गरे श्रीमतीको हत्या ?

दुई श्रीमतीका एक्ला श्रीमान अस्ताव बेडुवा सामान्य काम गर्ने मानिस हुन । छिमेकी श्रोतका अनुसार सामान्य ज्यामीको काम गरेर जीविका चलाउदै आएका फूलचन पछिल्लो समयमा अलि बढि नै मादक पदार्थको सेवन गरेर घरमा कलह गर्ने गर्थे ।

बेडुवाको घरमा दिनहुँ कलह हुने गरेको उनले पनि स्विकार गरेका छन । उनले घरमा स सना कुरामा झगडा गर्ने गरेपनि त्यसको वास्तविक कुरा भने खुल्न सकेको छैन, प्रहरी श्रोतले हरपल नेपाल डटकमलाई बताएको छ ।

उनले कान्छी श्रीमती भित्र्याएपछि उनको घरमा कलह सूरु भएको स्थानीयहरुको भनाई रहेको छ । मृतक जेठी श्रीमती हुन्, उनका तीन वटा छोराछोरी रहेका छन ।

पारिवारीक श्रोतका अनुसार हत्या आरोपी अस्ताव बेडुवाले श्रीमतीलाई झाँरफुक गर्न धामी झाँक्रीको घरमा जाने भन्दै साईकलमा बसाएर साँझपख घरबाट बाहिरिएका थिए । अचानक उनको हत्या गरेको भन्दै उनी प्रहरी चौकीमा काटीएको टाउँको लिएर गएपछि त्यो घटना सार्वजनिक भएको हो ।

घटनापछि स्थानीयवासीहरुले प्रहरी चौकी अगाडि प्रदर्शन समेत गरें । उनीहरुले दोषिलाई कडा कार्वाहीको माग गरेका छन । अहिले उनीमाथि थप अनुसन्धान गरिराखेको प्रहरीको भनाई रहेको छ ।