एलजी सिने सर्कल नेपालको आयोजनामा राजधानीमा भब्य अवार्ड कार्यक्रम

चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने

काठमाडौं । आउँदो असार २३ गते राजधानी स्थित आर्मी अफिसर्स क्ल्वमा विभिन्न संघ संस्था, ब्यपारीक निकायहरुको संयुक्त आयोजनामा एलजी सिने सर्कल अवार्डको आयोजना गरिएको छ ।

यस बर्षको एलजी सिने सर्कल अवार्ड सिनेमा सर्कल नेपालको आयोजना तथा द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा विभिन्न ब्यापारीक निकायहरुद्धारा प्रायोजन गरेर संञ्चालन हुनलागेको हो ।

आयोजकका अनुसार यस अघी साउन २२ गते उक्त अवार्ड कार्यक्रम गर्ने भनिएको भएपनि त्यस दिन म्युजीक अवार्ड पनि परेकोले एक दिन पछाडि सारिएको हो ।

आयोजक कमीटीका प्रमुख दिनेश डिसीले आफ्नो फेसबुक मार्फत अवार्ड साउन २३ गतेको लागि सारिएको जानकारी गराएका छन् । आयोजक कमीटीका प्रमुख डिसीले भनेका छन–‘सिनेकर्मीको आशा एंव विश्वासको अवार्ड भएकोले सिनेकर्मी र संगीतकर्मी बॉडिन नदिन आयोजक कमीटिले मिति सारेको हो ।’

पछिल्लो समयमा नेपाली चलचित्र उद्योगमा केहि प्रगति भएको र ब्यापारमा निजि लगानी केहीमात्रामा बृद्धी भएकोले एकाऊन्नौ बर्षको महोत्सवको रुपमा यो अवार्ड कार्यक्रम मनाउन लागिएको बताइएको छ तर कार्यक्रमको स्वरुप कस्तो हुन्छ भन्ने विषयमा भने प्रष्टसँग खुलाईएको छैन ।

आयोजकका अनुसार कलाकार निर्देशक तुलसी घिमिरे, गायक राजेशपायल राई र कलाकार झरना थापा लगाएतले उक्त कार्यक्रममा प्रस्तुती दिने भएका छन । कार्यक्रममा ४ पुस्ताका नेपाली कलाकारहरूको प्रस्तुति रहने बताईएको छ।

यस बर्षको अ़वार्ड कार्यक्रमलाई चन्द्रागीरी हिल्स प्रा.ली.ले सहयोग गर्ने भएको छ । त्यसैगरी एल जीले टाईटल प्रायोजन गर्ने बता
इएको छ। आईएमई ग्रुपको मुख्य सपोर्टमा हुने उक्त कार्यक्रमलाई भाटभटेनी सुपर मार्केट, नेपाल टेलीकम र डिसहोमले प्रायोजन गरेको बताइएको छ ।

गत बर्ष उपराष्ट्रपतिको विशेष उपस्थिति र बलिऊड अभिनेता एंव एम.एल.ए. सत्रुधन सिन्हा, ऊद्योगप़ती बिनोद चौधरी लगाएतको सहभागितामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो ।