कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले गरेको बन्दबारे गृहमन्त्री प्रभाकरको आयो यस्तो प्रतिकृया(भिडियोसहित)

काठमाडौंमा बन्दको आंशिक प्रभाव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आव्हान गरेको छ । नेकपाले स्थानीय तहको निर्वाचनमा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहाईको माग राख्दै नेपाल बन्दको आव्हान गरेको हो।

कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले गरेको बन्दबारे गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो धारण सार्बजनिक गरेका छन । गृहमन्त्री प्रभाकरले नेकपाले गरेको बन्दको कुनै तुक नभएको प्रतिक्रिया दिएका छन ।

उनले भनेका छन–‘ पक्राउ परेका नेकपाका कार्यकर्तालाई लागेको आरोपका आधारमा कारबाही गरिएको हो । निर्दोष साबित भएका सबैलाई रिहा गरिसकिएको छ । तसर्थ यस्ता बन्दका कार्यक्रम गर्नुको कु्नै औचित्य छैन ।’

उक्त पार्टीले गरेको बन्दका कारण विहानैदेखि उपत्यका बाहिरीने र भित्रिने आवगमन रोकिएको छ । उपत्यका भित्र चल्ने छोटो दुरीका सवारी साधनहरु भने केहि मात्रामा चलेका देखिन्छन । बन्दका कारण उपत्यकाका विद्यालय व्यापारिक स्थलहरुमा समेत आंशिक प्रभाव परेको छ ।

गृहमन्त्री प्रभाकरले नेकपाका कुनै पनि नेता कार्यकर्तालाई गिरफ्तार नगरेको दावी गरेपनि निर्वाचनको वहिष्कारमा उत्रिएको नेकपाले भने अझैँ आफ्ना धेरै नेता कार्यकर्तालाई हिरासतमा राखिएको भन्दै रिहाइका लागि दवाव दिन बन्द गर्नु परेको तर्क गरेको छ ।

LOADING...