राष्ट्रपति ट्रम्पका छोराले गरे इमेल श्रृंखला सार्वजनिक

रुसले गरेको सहयोगलाई स्वागत

अमेरिका । रुससँगको सम्वादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले इमेल श्रृंखला सार्वजनिक गरेका छन । राष्ट्रपति ट्रम्पले छोराले गरेको उक्त काम पारर्दशी भएको बताएका छन्।

इमेलमा उनले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ। इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

जवाफमा ट्रम्पका छोराले भनेका छन्, यदि त्यसो हो भने, म त्यसलाई मन पराउनेछु। इमेल प्रकरण बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको थियो।

अमेरिकी संसदको गुप्तचरी समितिका सबभन्दा बरिष्ठ सदस्य एडम शीफले इमेल प्रकरणको खुलासा असाध्यै महत्वपूर्ण र गम्भीर दुखको कुरा भएको बताएका छन्। (अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)