फिल्म प्रर्दशन र साँस्कृतिक विकासका लागि झापामा चलचित्र महोत्सव

निति र बक्स अफिस कार्यान्वयन गर्न सरोकारवालाहरुसँग माग

झापा । मंसिरमा प्रदेश नम्बर १ अन्तर्गत झापाको बिर्तामोडमा ५ दिनसम्म चलचित्र महोत्सव २०७४ हुने भएको छ। महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

महोत्सव चलचित्र निर्माता संघ नेपालको आयोजनामा सञ्चालन हुने भएको हो । महोत्सवका लागि सञ्चालन समिति समेत गठन गरिएको छ ।

महोत्सवमा फिल्म प्रर्दशन, साँस्कृतिक कार्यक्रम लगाएत ५० वटा जति स्टलहरू राखिनुका साथै चलचित्र र सास्कृतिक परिवेश झल्काउने खालको स्टलहरूको पनि प्रदर्शन हुने आयोजकले जनाएको छ ।

सञ्चालक समितिका सल्लाहकार प्रदिप मितल र मदन गोपाल सुब्बाको संयोजकत्वमा उक्त महोत्सव तयारी कार्य भैरहेको छ । महोत्सव सब्य, भब्य, मर्यादीत र ब्याबस्थित रूपले सम्पन्न गरिने आयोजकले हरपल नेपाल डटकमसँग बताएको छ ।

निर्माता संघ नेपालले उठाउदै आएको विभिन्न विषयका साथै राष्ट्रिय चलचित्र नीति र बक्स अफिस कार्यन्वनमा भएको ढिलाई प्रति थप संघर्षका कार्यक्रमहरु समेत गर्ने संघले बताएको छ ।

चाँडो भन्दा चाँडो नीति र बक्स अफिस लागू गराउन सम्पूर्ण सरोकारवाला संघ, संस्थाहरुलाई संघले सहयोग गर्न आग्रह गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने जनाएको छ ।