निरासाको दौडमा जलनको प्रतिस्पर्धा

कवितामा जिन्दगीको सत्य नियाल्दै

धेरै निरासा भरियको
जीवन जिउने कला भरिनु पर्ने ।
जिन्दगीका लामबद्द
हरेक अप्ठ्याराहरुलार्इ चिर्ने
हौसलाका बारुदहरु
भरेर सर्लक्क मुस्कुराउनु पर्ने ।।

तर शब्दमा तातोपन भेटियन
जिउनुमा बिरक्तपन अनि
हारेका सन्देशहरु छरपस्ट देखेपछि
म स्वयम् चकित भए
हिम्मतका पहाड बोक्ने त्यो मन
आज पिरहरुको गोदाम
कसरी हुन सक्यो
म सोचिरहेछु ।
जिन्दगीको सत्यबाट भागेका
सूचनाहरु अनबरत आइरहँदा
म सुन्यमा हराइरहेछु।।

कायरताको बिल्ला भिरेर
खै कहाँ पुगे ति जिन्दगीहरु,
र तिमी कहाँ पुग्नेछौ
यो निरासाको दौडमा ।।

(बर्दियाका दिपक आचार्य जलन साहित्यका विभिन्न विधामा कलम चलाउँछन । विशेषत गजल लेखनबाट परिचित आचार्य उत्कृष्ट कविता पनि रचना गर्छन । हाल उनी वैदेशिक रोजगारका क्रममा साउदी अरव रहेका छन ।)