डोल्मा बेखर्ची, डोल्माका नाममा उठेको लाखौं रुपैयाँ कहाँ छ ?

काठमाडौं । कुवेतमा १० वर्ष आजीवन कारावास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसिरहेकी छन् । तर उनको नाममा उठाइएको लाखौं रकम कहाँ छ, कसैलाई थाहा छैन ।

फिलपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुनअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्माको सजाय ‘ब्लडमनी’ बुझाएर आजीवन कारावासमा झारिएको थियो । दस वर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि राजधानी फर्किएकी हुन् ।

डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाइएपछि ‘डोल्मा शेर्पा बचाऊ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । अहिले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन ।

उनको नाममा उठेको लाखौं रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । उनका नाममा उठेको झन्डै ३२ लाख रुपैयाँ अहिले पनि संघको कल्याणकारी शाखामा छ । यो रकम संघको काठमाडौं केन्द्रीय कार्यालयबाट प्रक्रिया पुर्‍याएर डोल्माले लिन सक्नेछिन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।