कर फर्छ्यौट ऐन संशोधन गर्न अर्थ समितिको निर्देशन (भिडियोसहित)

कर छुट विवादित र भ्रष्टाचार उन्मुख भएको दावी

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन २०३३ समयानुकुल नभएको भन्दै तत्काल संशोधन प्रकृया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

उक्त ऐनका आधारमा बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट र कर असुलीमा भएको अनियमितताले मुलकमा धेरै समस्या आउने देखिएपछि समितिले त्यस्तो निर्देशन दिएको हो ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाले अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेर ऐन खारेज गर्न निर्देशन दिइएको बताएका छन । कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचार उन्मुख भएको अर्थ समितिले दावी गरेको छ ।

ऐनले कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने लगायतका संविधानसँग बाझिने अधिकारहरु दिएको छ ।

LOADING...