माओवादीमा चिह्न फेर्ने बहस

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ ।

नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा चिह्न छापिदा मतदाताले मत चिह्नमा अल्मलिएको भन्दै जिल्ला इन्चार्जहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले मतदाता शिक्षाका क्रममा चुनाव चिह्नबारे प्रभावकारी रुपमा बताउन नसकेको भन्दै चिह्न नै बदल्नुपर्ने माग गरे । कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हसिया हथौडा छाड्न त नमिल्ने हो, तर मत परिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो ।

माओवादी केन्द्रका सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो–‘नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रोबारेमा सोच्ने हो कि भन्ने बहस आज उठेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।