नेपाली काँग्रेसले बोलायो श्रावण ९ गते केन्द्रीय समितिको बैठक

स्थानीय चुनावको समीक्षा र छलफल हुने

काठमाडौं । स्थानीय तहको पहिलो र दोश्रो निर्वाचन सम्पन्न भए लगत्तै राजनीतिक दलहरुले अगामी दिनमा हुने तीनै तहको निर्वाचन र पार्टीलाई संगठनात्मक हिसाबले पहिलो बनाउने होडबाजीमा केन्द्रीय समितिको बैठक गर्न सुरु गरेका छन ।

सत्तारुढ नेपाली काँग्रेसले आगामी श्रावण ९ गते पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । उक्त पार्टीको दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकमा प्रदेश नम्बर २ को निर्वाचन, प्रदेश र केन्द्रीय चुनावको विषयमा छलफल गर्ने पार्टी सचिवालयले जनाएको छ ।

आगामी सोमबार हुने उक्त बैठकमा पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको चुनावको समीक्षा, आगामी निर्वाचनको तयारी र अन्य पार्टी भित्रका समसामयिक विषय लगाएत पार्टीमा गुट उपगुटका कारण उत्पन्न समस्याको बारेमा पनि छलफल गरिने सचिवालयले बताएको छ ।

बैठकमा प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद, पूर्व सांसद जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति, संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेवारका प्रत्यासीलाई आमन्त्रण गरिएको पार्टी सचिवालयले जनाएको छ ।