यू १९ विश्वकप छनोटका लागि नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा

नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा जारी खेलमा आइसीसी यू १९ विश्वकपको एशियाली छनौटका लागि दुई खेल जितेर आज तेश्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको छ ।

नेपालले अफगानिस्तानसँग टस जितेर फिल्डिङ रोजेको छ । उक्त खेलमा पछिल्लो नतिजा अनुसार अफगानिस्तानले २ विकेट गुमाउँदै२१ ओभरमा ९५ रन बनाएको छ ।

नेपालका खेलाडी शाहव आलम र पवन सर्राफले अफगानिस्तानका ओपनरहरु नविन ओवाइद र इब्राहिम जर्दानलाई आउट गरेका छन । उनीहरु ७६ रनको साझेदारी गर्दै आउट भएका छन । अहिले खेल जारी रहेको छ ।