नेपाली आकाश कालोसूचीबाट हट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । सन् २०१३ देखि नेपाल यो सूचीमा सूचीकृत थियो ।

आइकाओको बिहीबार बसेको एसएससी संपरीक्षण कमिटी बैठकले नेपाललाई यस सूचीबाट हटाउने औपचारिक निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

‘निकै ठूलो मिहिनेतपछि शुक्रबार नेपालले आइकाओबाट खुसीको खबर प्राप्त गरेको छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने–‘नेपालमाथिको गम्भीर सुरक्षा चासो हटाउ“दै नेपाली आकाश सुरक्षित रहेको सुनिश्चित गरेको छ ।’

आइकाओले निर्धारण गरेका सुरक्षा अभिवृद्धिसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै नेपाललाई सन् २०१३ मा गम्भीर सुरक्षा चासोको सूचीमा समावेश गरिएको थियो । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।