ट्रम्प र रुसबीचको साँठगाँठबारे अनुसन्धान जारी

दोषी भए माफि दिन सकिने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन्।

चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पको पछिल्लो भनाइ आएको हो।

विपक्षी डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले पछिल्ला विवरण अति निराशाजनक रहेको प्रतिक्रिया दिएका छन्।
अमेरिकी अधिकारीहरुले ट्रम्प समूह र रुसबीचको सम्भावित साँठगाँठबारे अनुसन्धान गरिरहेका छन्।

रुसले चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपहरु अस्वीकार गर्ने गरेको छ र राष्ट्रपति ट्रम्पले पनि कुनै साँठगाँठ नरहेको प्रष्टीकरण दिदैँ आएका छन्।

अमेरिकीमा अपराध प्रमाणित हुनुअघि वा कुनै फौजदारी अभियोग लगाइनुअघि राष्ट्रपतिले माफी दिनसक्ने व्यवस्था छ।
ती विवरणहरु प्रति चिन्ता जनाउँदै डेमोक्रयाट सिनेटर मार्क वार्नरले दोषीलाई माफी दिने निर्णयले लक्ष्मण रेखा उल्लंघन गर्ने जनाएका छन्।(अन्तराष्ट्रिय संञ्चारमाध्यमबाट)